१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै
अ अ+ अ-

मनाङ । मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ (थोराङ्ला पास) आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । अरु बेला कामचले पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुल नै आवतजावत गर्ने विकल्पका रूपमा छन् ।

आयोजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि चामेको दुईवटा घट्टेखोलामा नयाँ काठेपुल निर्माणकार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की मोटरेबल पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षात्मा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।” काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो । “यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुनेछन्”, अधिकारीले अगाडि भन्नुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले दीर्घकालीनरूपमा समस्या समाधान हुने गरी पक्की पुल निर्माणका लागि आयोजनासँग पटकपटक समन्वय गरिएको बताउनुभयो । “हरेक वर्ष बर्खा लागेपछि काठका पुल बाढीले बगाएर आवतजावत नै रोकिने समस्या हुन्छ । एउटा काठेपुल निर्माणका लागि वर्षेनी रु पाँच/सात लाख खर्च गर्नुभन्दा छिटो पक्की पुल बनाउनुपर्छ भनेर हामीले पटकपटक आग्रह गरिसकेका छौँ । समयमै पुल बनेमा अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउनुपर्ने बाध्यता हट्थ्यो नि१ त्यसैले आयोजनाले यसमा यथाशीघ्र पहलकदमी लिन आवश्यक छ”, अध्यक्ष घलेको आग्रह छ । उहाँले पालिका एक्लैले ठूला योजना पूरा गर्न नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारले समस्या समाधान गर्नुपर्छ भनेर छलफल तथा समन्वय भइरहेको बताउनुभयो ।

मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् सडकमा काठेपुलमात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडक खण्डका नौवटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माणकार्य अगाडि बढेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएअनुरुप काम अगाडि बढेको उहाँले बताउनुभयो । “सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनुपर्छ भनेर केही काम अगाडि बढेका छन्”, प्रजिअ लामिछानेले भन्नुभयो,“पटकपटकको छलफलपछि अहिले पुल निर्माणको काम भइरहेकाले यस वर्ष वर्षायाममा सहज यात्रा गर्ने वातावरण बन्ने छ । पक्की पुलको काम पनि छिटो अगाडि बढाउन आयोजनाले तयारी गरिरहेको बुझिएको छ , त्यसपछि मात्र समस्याको दीर्घकालीन समाधान हुनेछ ।” रासस