१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि प्रारम्भ हुने भएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।

अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिएका छन् ।

‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौ । त्यति खेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं, उनले भने ।

यो बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने बन्द सत्रमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

प्रतिवेदनमाथि प्रतिनिधिहरुले गहन छलफल गरी आगामी दिनमा पार्टीलाई राष्ट्रिय निणार्यक शक्तिका रुपमा विकसित गर्न काठमाडौमा पार्टी काममा अगाडी बढाउन योजना बनाउने छ ।

यो अधिवेशनले राष्ट्रिय राजनिति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा ब्यवस्था भए अनुसार अध्यक्ष , उपाध्यक्ष , सचिव , उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ ।

जिल्ला अधिवेशनलाई भव्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ ।