२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु



अ+ अ-

बनियानी । झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।