१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित)

काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित)
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने१ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका महानगरपालिकाले जनाएको छ ।

अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०,कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयन गराउन पटक पटक महानगरले अनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र छात्रवृत्ति विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

महानगरले तीन दिनभित्र माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरिने चेतावनी दिएको छ ।