१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजै विश्वासको मत लिँदै मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् ।

उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गर्दै बैठक बोलाएका छन् ।

बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित छन् भने सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग सभामुख मण्डलको छलफल जारी छ । छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएका हुन् ।