१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ: महेश बर्तौला

काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ: महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उहाँको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ । त्यो राम्रो होइन । उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याईरहनु भएको छ । मेयर जस्तो एउटा सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरुले असाध्यै होचो बनाइरहेको छ । स्वयम उहाँले सोच्नुपर्छ । एउटा युवा धेरै जनताले आशा पनि गरेको अवस्था हो उहाँप्रति । त्यसकारण त्यो भरोसा र आशा जागेर उहाँ मेयरको त्यति महत्वपूर्ण गरिमामय जिम्मेवारीमा हुनुहुन्छ । तर उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीहरु प्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रश्तुती गरिरहनु भएको छ । यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरवार जलाई दिन्छु भन्ने, कहिले के भन्ने । यस प्रकार राज्यका विद्यमान कानुनी प्रवन्धहरुलाई नै चुनौति दिनेगरी एक जना मेयरले जे हर्कत गरिरहेको । यो राम्रो होइन । कानूनी शासनको पक्षमा उभिएका, राष्ट्रको हितको पक्षमा उभिएका सबै शक्तिहरु, सबै व्यक्तिहरु वा जोसुकै हुन । तिनीहरुमाथि गलत ढंगबाट नकारात्मक टिप्पणी गरेर ताछ्ने शैलीका साथ जे श्रृंखला अवलम्बन भईरहेको छ । यो सच्याउन पर्छ उहाँले । ’

प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौति दिन नमिल्ने पनि बताउनु भयो ।