१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

विश्वकपमा नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स, यस्तो छ हेड-टु-हेड

विश्वकपमा नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स, यस्तो छ हेड-टु-हेड
अ अ+ अ-

काठमाडौँ। टी–२० विश्वकप २०२४ को सातौं खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्। डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि सुरु हुनेछ। टस राति ९ बजे हुनेछ।

समूह ‘डी’मा नेपाल र नेदरल्यान्ड्स दुवैले आज प्रतियोगितामा पहिलो खेल खेल्दैछन् । यसअघि समूह ‘डी’बाट खेलिएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

नेपाल दोस्रो पटक र नेदरल्यान्ड्स छैटौं पटक विश्वकप खेल्दै छ । यसअघि नेपालले सन् २०१४ र नेदरल्यान्ड्सले सन् २००९, २०१४, २०१६, २०२१ र २०२२ मा खेलेको थियो ।

आजको खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड्स पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।

हेड टु हेडमा एक खेलको अन्तर

टि–२० खेलमा नेपाल र नेदरल्यान्ड्स् हालसम्म १२ पटक आमनेसामने भएका छन् ।पछिल्ला १२ खेलमा नेपालले ५ र नेदरल्यान्ड्सले ६ खेल जितेको छ । एक खेल भने नतिजाबिहिन भएको थियो । टी–२० विश्वकपमा भने पहिलो पटक आमनेसामने हुँदैछन् ।

नेपाल र नेदरल्याण्ड दुवै चिर परिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्यान्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।

आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आईसीसीले सहभागी २० वटै टोलीका लागि दुई–दुईवटा अभ्यास खेलको व्यवस्था गरेको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेल क्यानडासँग खेलेको थियो । सो खेलमा क्यानडाले नेपाललाई ६३ रनले हराएको थियो । नेपालको अमेरिकासँगको दोस्रो अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यता, नेदरल्यान्ड्सले अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेदरल्यान्ड्सले आफ्नो पहिलो अभ्यास खेलमा टेस्ट राष्ट्र श्रीलंकालाई २० रनले हराएको थियो । क्यानडासगको दोस्रो अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो ।

दुबै टिमको ‘प्लेयर टु वाच’

विकेटकिपर:

नेपालका विकेटकिपर आसिफ शेखले २०२४मा खेलिएका ११ खेलमा १२०.५१ को स्ट्राइक रेटमा २३५ रन बनाएका छन् । उनले अहिलेसम्म खेलेका ४४ टी–२० खेलमा ११८.६७ को स्ट्राइक रेटमा १०२३ रन बनाएका छन् । उनले ५ अर्धशतक पनि बनाएका छन् ।

यता, नेदरल्यान्ड्सका स्कट एडवर्ड्सले यो वर्ष खेलेका ९ खेलमा ११७.१४ को स्ट्राइक रेटमा १२३ रन बनाएका छन् । उनले अहिलेसम्म खेलेका ६० खेलमा १२०.४२ को स्ट्राइक रेटमा ७३७ रन बनाएका छन् ।

ब्याट्सम्यानः

नेपाली क्रिकेट टीमका ओपनर कुशल भुर्तेलले २०२४मा खेलेका १४ टी–२० खेलमा १२४.८१ को स्ट्राइक रेटमा १६६ रन बनाएका छन् । उनले अहिलेसम्म खेलेका ४३ खेलमा १३०.८७ को स्ट्राइक रेटमा १०८१ रन बनाएका छन् ।

यस्तै, नेपालका कप्तान रोहित पौडेलले यो वर्ष खेलेका १५ खेलमा १२१.८५ को स्ट्राइक रेटमा ३२९ रन बनाएका छन् । उनले अहिलेसम्म खेलेका ४९ टी–२० खेलमा १२४.९१ को स्ट्राइक रेटमा ११०८ रन बनाएका छन् । ६ अर्धशतक पनि बनाएका छन् ।

नेदरल्यान्ड्सका ब्याट्सम्यान म्याक्स ओडोडले २०२४मा खेलेका ८ खेलमा ११५.६२ को स्ट्राइक रेटमा १८५ रन बनाएका छन् । उनले अहिलेसम्म खेलेका ६६ टी–२० खेलमा १२१.४२ को स्ट्राइक रेटमा १७७४ रन बनाएका छन् । उनले एक शतक र १२ अर्धशतक बनाएका छन् ।

 

अलराउन्डर:

नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले २०२४मा खेलेका ११ टी–२० खेलमा १७६.२५ को स्ट्राइक रेटमा २८२ रन बनाएका छन् । जसमा २ अर्धशतक पनि समावेश छन् । यस अवधिमा उनले ६ को इकोनोमी रेटमा बलिङ गरेका छन् भने १२ विकेट पनि लिएका छन् ।

योसँगै उनले अहिलेसम्म खेलेका ६४ खेलमा १४६.७५ को स्ट्राइक रेटमा १६२६ रन बनाएका छन् । जसमा उनले १ शतक र ९ अर्धशतक पनि बनाएका छन् । योसँगै उनले ६.१० को इकोनोमीमा बलिङ गरेका छन् । साथै ३७ विकेट लिएका छन् ।

नेदरल्यान्ड्सका बास डी लीडेले २०२४मा खेलेका ३ टी–२० खेलमा १०८.०६ को स्ट्राइक रेटमा रन बनाएका छन् भने ३ विकेट पनि लिएका छन् । उनले अहिलेसम्म खेलेका ३४ टी–२० खेलमा १०६.११ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ६७७ रन बनाएका छन् । योसँगै उनले ८.३१ को इकोनोमीमा बलिङ गर्दै ३० विकेट लिएका छन् ।

बलर:

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले २०२४मा खेलिएका १० टी–२० खेलमा ९.१४ को इकोनोमीमा ६ विकेट लिएका छन् । हालसम्म खेलेका ६५ टी–२० खेलमा उनले ७.१९ को इकोनोमीमा बलिङ गरेका छन् । उनले ५८ विकेट पनि लिएका छन् ।

अविनाश बोहराले २०२४मा खेलिएका ११ टी–२० खेलमा ९.२२ को इकोनोमीमा बलिङ गर्दै १० विकेट लिएका छन् । उनले अहिलेसम्म खेलेका ५९ टी–२० खेलमा ७.३१ को इकोनोमीमा बलिङ गर्दै ७४ विकेट लिएका छन् ।

नेदरल्यान्ड्सका पाउल भान मिकरेनले २०२४मा खेलेका ३ टी–२० खेलमा ७.६३ को इकोनोमीमा बलिङ गरेका छन् । जसमा उनले ५ विकेट पनि लिएका छन् । योसँगै उनले खेलेका ६१ टी २० खेलमा ७.०२ को इकोनोमीमा बलिङ गर्दै ६९ विकेट लिएका छन् ।

नेपाल र नेदरल्यान्ड्सको टोली:

नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख( विकेटकिपर), अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

नेदरल्यान्ड्सको टोली: स्कट एडवार्डस (कप्तान एवं विकेटकिपर), आर्यन दत्त, बास डी लिड, ड्यानियल डोरम, फ्रेड क्लासेन, लोगन भाव बिक, म्याक्स ओ’डड, माइकल लेभिट, पल भान मिकेरन, साइब्रान्ड इङ्गेलब्रिच्ट, तेजा निदामनुरु, टिम प्रिंगल, बिक्रम सिंह, भीम किङ्मा र वेस्ली बारेसी ।