१९ पुष २०८१, शुक्रबार
,
Latest
 निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट ठगीमा मुछिएपछि लेखा समितिका सभापतिले गरे स्वकीय सचिवलाई बर्खास्त एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला गाउँभरि केराखेती, बजारको अभाव सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल



अ+ अ-

काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ ।

पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरेको थियो ।

समितिले बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले पोल सारेको हो ।

सोमबार बिहानै महानगरनगर प्रहरीहरू लगाएर सडकमा छोडिएका पोलहरू हटाइएको ललितपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिबनमान व्यञ्जनकारले बताए ।