३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी



अ+ अ-

जनकपुर । मधेश प्रदेशमा सरकार परिवर्तन गर्न गठबन्धन दलहरुलाई हतार देखिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दलहरुले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका हुन् । जसपा नेतृत्वको सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी ती दलले गरेका हुन् ।

त्यसो त जेठ १७ गते नै एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच नयाँ सरकार गठनको सहमति भएको थियो । तर त्यसमा नेकपा एकीकृत समजावादी सहभागी थिएन । अहिले एकीकृत समाजवादी पनि नयाँ सरकार गठनमा सहमत भएको हो । अब लोकतान्त्रिक समाजवादी पार्टी र अरु केही साना दलहरुको समर्थनमा बहुमत पेश गर्ने तयारी गठबन्धनले गरेको हो ।

हुन त अहिलेसम्म लोसपा अनिर्णित छ । तर लोसपा गठबन्धनमा सहभागी नभए पनि एकीकृत समाजवादीसहितका केही साना दलको समयोगमा नयाँ समीकरण बन्न सक्ने देखिएको छ । योसँगै सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार ढल्ने छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सभामुखबाहेक नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडे पनि सरकारका लागि आवश्यक पर्ने बहुमत संख्या ५४ पुग्छ ।

बहुमतसहित ध्यानाकर्षण पत्र बुझाए मुख्यमन्त्री यादव विश्वासको मत नलिँदै नैतिकताको आधारमा राजीनामा दिन दबाब पुग्ने उनीहरुको दाबी छ ।