१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारकाे गम्भीर आरोप

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारकाे गम्भीर आरोप
अ अ+ अ-

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले पुर्जामाथि यौन दुव्र्यवहारको आरो लगाएकी हुन् ।

अमेरिकाको पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै हिन्स्टाले सन् २०२३ को मार्च ३० मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको बताएकी हुन् । गत डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ–२’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले पुर्जाको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।

न्यूयोर्क टाइम्समा शुक्रबार प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भनिने निर्मल पुर्जा भएको खुलाइएको छ । पूर्व मिस फिनल्यान्ड हिन्स्टाले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए । ‘मैले अस्वीकार गर्दागर्दा उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनका अनुसार, पुर्जा त्यतिबेला यस्तो अवस्थामा थिए कि जतिबेला ‘नो’ भन्नुको कुनै अर्थ थिएन । बेलायती सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले पत्रिकामा भनेकी छन् ।

निरन्तर अस्वीकार गरिरहेपछि पुर्जा एकदमै रिसाएको र उनी शौचालयमा प्रवेश गरेका बेला आफूले लुगा लगाएको दाबी उनले गरेकी छन् । न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

यसअघि क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटक–पटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुव्र्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।

सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुव्र्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनुपरेको थियो । पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् ।

निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बलायती भूतपूर्व गोर्खा सैनिक हुन् । जसले ७ महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट ८ हजार मिटर अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ हो थिए । जसले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए । सन् १९८७ मा कायम गरेको कीर्तिमान पुर्जाले आधा वर्षमै र एउटै ऋतुमा भंग गरेका हुन् ।

उनी ८ मजहरा मिटरमाथिका १४ वटै हिमाल आोहण गर्ने ४४ औं आरोही हुन् । निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीमा पाँचौं र गैरशेर्पा नेपालीमा पहिलो हुन् ।