१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

त्रिविको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन

त्रिविको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
अ अ+ अ-

काठमाडौँँ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन, अनुसन्धान, छानविन एवं भवन लगायत अन्य अचल सम्पतीको खोजी गर्न नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । समिति सदस्यहरुमा नेपाल सरकारका पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी रहेका छन् । त्यस्तै प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्त्रिपरिषद्ले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका, यात्रा अनुमती प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहेकले घर बाहिर लैजान नपाउने निर्णय गरेको छ । त्यस्तै यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउनेगरी निषेध गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले गरेका अन्य विभिन्न निर्णयहरुका बारेमा जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो – ‘नेपाल विशेष सेवा बिसौँ संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने ।

जर्मनीको वुमनमा सञ्चालन हुने युएन क्लाइमेट कन्फ्रेन्स् अन्तर्गत एक्पपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको कुमार पौडेललाई जेठ २१ देखि २५ सम्म सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

जेठ १९ देखि २४ सम्म कोलम्बियाको बोगटामा आयोजना हुने स्पेशल जुरिडिक्शन फर पिस(जेइपी) मा सहभागि हुन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव डा. उदयराज सापकोटा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतम र नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाललाई स्वीकृत प्रदान गर्ने ।

एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा जेठ २१–२२ सम्म सञ्चालन हुने लिडरशिप फोरम अन राइजिङ द प्रोफाइल अफ पर्फमेन्श अडिट्स फर एसियाआइ

नेपाल र चीन सरकारबीच हुने भुकम्पीय अनुसन्धान सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियार दिने ।

प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमती प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहेकले घर बाहिर लैजान नपाउने, र यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउनेगरी निषेध गर्ने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिने र सोपश्चात् गर्नुहुने संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।

१५ शैय्याको अस्पताल निर्माण गर्न बनेपा नगरपालिका काभ्रेपलाञ्चोकलाई सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

न्यादी जलविद्युत आयोजनाको प्रशारण लाइन आयोजनाको टावर र राइट अफ वेको विकास निर्माणको लागि लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा रहेको वनको २.९५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख, पोल हटाउन स्वीकृति दिने ।

सुरीखोला जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माण गर्नको लागि गौरिशंकर संरक्षण क्षेत्र अन्तर्गत रहेको दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल जम्मा २.९९३ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृत दिने ।

साँघुखोला जलविद्युत आयोजनाको विद्युत प्रशारण लाइन आयोजना निर्माणको लागि दोलखा जिल्लाको बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ३.९८४३ हेक्टर जग्गा प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृति दिने ।

विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई मनोनयन गर्ने ।

त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गामध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान, छानवीन एवम् भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा नेपाल सरकारका पूर्वसहसचिव द्वय महेन्द्र कुमार थापा एवम् जानकीवल्लभ अधिकारी, प्रा.डा. प्रेमसागर थापालाई त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेको एक समिति गठन गर्ने ।

भीमेश्वर नगरपालिका दोलखा र चीनको छेन्दुस्थित डुजियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृती प्रदान गर्ने ।

जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वल्र्ड सिटी समिट कार्यक्रममा सहभागि हुन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्वीकृती प्रदान गर्ने ।

सुचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा, सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने ।

सडक दस्तुर उठाउने कार्यविधि २०८० स्वीकृत ।

तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृती प्रदान गर्ने ।

नेपाल सरकारले उपलब्ध गराएको जग्गामा नीजि क्षेत्रबाट पूर्वाधार विकास गर्नेगरी सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए बिस्तारलाई विकास तथा सञ्चालन गर्न स्वीकृत दिने ।

नेपाल न्याय सेवा तर्फ नेपाल राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमश: नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय ।’

त्यस्तै मन्त्रिपरिषद्ले राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरु मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव पदमा, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।