१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी केन्द्रका सांसदहरुको सुझाव

बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी केन्द्रका सांसदहरुको सुझाव
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समिकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् । पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समिकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदीय दलको बैठकमा मुख्यत: बजेट, जो छलफलमा जाँदैछ । पर्सी आईतबारदेखि बजेट उपर माननीय सदस्यहरुको के धारणा छ, कसरी प्रश्तुत हुने ? एउटा यो विषयवस्तुमा ओरेन्टेशनका लागि यो बैठक मूल रुपमा आयोजना भएको हो । यो बैठकले खास गरेर सम्माननीय प्रधानमन्त्रज्युले राजनीतिक रुपमा अहिलेको स्थिति के छ, हामी कसरी जाने हो ? अनि त्यसपछि अव बजेटमा हामी कसरी प्रश्तुत हुने हो ? भन्ने बारेमा र सँगसँगै माननीय सदस्यहरुलाई बजेट कस्तो लाग्यो, यसका क्रियाप्रतिक्रियाहरु कस्ता लागे ? यो बारेमा पनि आफ्नो धारणा लिएर एउटा आरेन्टेशनका लागि भनेर यो बैठक आयोजना गरिएको थियो । राष्ट्रिय सभाको तर्फबाट प्रमुख सचेतक माननीय गोपीबहादुर अछामीले त्यहाँको रिपोर्ट गर्नुभयो । मैले प्रतिनिधि सभामा भए, गरेका कामहरुको रिपोर्टिङ गरेँ । त्यसपछि बजेटका बारेमा करिव १२ जना माननीयहरुले बजेटबारे आफ्नो सुझाव प्रस्तुत गर्नु भयो । माननीय अर्थमन्त्रीले बजेटको मूल ओरेन्टेशन के थियो र अहिलेसम्म हामी कसरी अघि बढेका छौं ? भन्ने कुरा राख्नुभयो । र सम्माननीय प्रधानमन्त्रीज्युले अन्तिममा यसलाई संश्लेषण गरेर बजेटका बारेमा यसरी प्रश्तुत हुने भनेर राख्नुभयो । क्रियाप्रतिक्रियाको रुपमा पनि के आयो भने यो बजेट अहिलेको सापेक्षतामा हाम्रो देशका अर्थ व्यवस्था, राजनीतिक अवस्था, हामी समिकरणका साथ जसरी अघि बढिराखेका छौं ।’

‘यो सबै हिसावले अहिलेको बजेट सन्तुलित छ । यसले सही दिशा पक्रेको छ । अब यसलाई कार्यान्वयनका लागि जोड गरेर जानुपर्छ भन्ने नै माननीय सदस्यहरुको सुझाव आयो । त्यही रुपमा अब बजेटमा प्रश्तुत हुँदा पनि अव छलफलमा प्रश्तुत हुँदा पनि बजेटको यो सकारात्मक विषयवस्तुलाई यड गर्ने गरेर यसका साथसाथै आफूलाई लागेका अरु कुरा पनि सुझावको रुपमा प्रस्तुत गर्ने गरेर माननीय सदस्यहरुलाई राष्ट्रियसभामा पनि, प्रतिनिधिसभामा पनि सहभागी हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले निर्देशित गर्नुभएको छ । यो बजेटले आम जनतामा एक किसिमको आशा र उत्साह जगायो भनेर सम्माननीय प्रधानमन्त्रीज्युले संश्लेषण गर्नुभयो । यो बजेटको मुल आरेन्टेशन भनेको समाजवादको आधार तयार बनाउनका लागि खास गरेर उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि, र सामाजिक न्यायलाई मुल ओरेन्टेशन बनाएर बजेट आएको छ ।’

‘अहिले बजेटको सिमितता छ । तर फेरि पनि आर्थिक गतिविधिलाई चलायमान बनाउँदैल गतिशील बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ भनेर अर्थमन्त्रीजीले पनि विश्लेषण गर्नुभयो ।समितिका कामहरुमा पनि सबै लाग्ने र २० गतेदेखि उता लगातार बजेटउपर छलफललाई गतिका साथ अघि बढाउने भन्ने कुरा आएको छ । टिआरसीसँग सम्बन्धित विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयक, जो आईसकेका छन् । र कोही अन्तिममा पनि पुगेको छन । ती विधेयकहरुको काममा पनि त्यत्तिकै तिब्रताका साथ जाने भन्ने किसिमको निर्णय भएको छ ।’

बैठकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका संसद र संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको छलफललाई तिब्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ । संसद र संसदीय समितिका बैठकहरुलाई तिब्रता दिएर बजेट र अन्य महत्वपूर्ण विधेयकहरुलाई पनि टुंगोमा पुर्‍याउने काममा तीव्रता दिने निर्णय बैठकले गरेको पनि प्रमुख सचेतक पाण्डेले बताउनु भयो ।