२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन



अ+ अ-

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो ।

कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाउनुभएको छ । विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका उहाँले खरबुजाको परीक्षण उत्पादन सफल भएपछि अहिले व्यावसायिक रूपमा अगाडि बढाइएको बताउनुभयो । “गर्मी क्षेत्रमा उत्पादन हुने यो फल पहाडी जिल्ला र चिसो हावापानी भएका क्षेत्रमा पनि उत्पादन गर्न सकिँदो रहेछ”, सञ्चालक पुरीले भन्नुभयो,“तीन वर्षको परीक्षण खेतीपछि अहिले व्यावसायिकरूपमा खरबुजा खेती गरिरहेको छु । गत फागुनमा लगाएको खरबुजा अहिले बिक्री वितरणका लागि तयार भएको छ ।”

तरकारी खेतीसँगै खरबुजा खेतीसमेत गरिरहेका उहाँले उहाँले सुरुमा तीन किलोग्रामसम्म उत्पादन भएकामा अहिले सात किलोसम्म फल लागको बताउनुभयो । “बगरमा खेती हुन्छ भन्ने सुनेको थिए तर तरकारी खेती र माटोमा नयाँ अनुसन्धान गर्ने क्रममा खरबुजा खेती गरेको थिए । बलौटे माटो, पानी कम भएको क्षेत्रमा पनि खरबुजा उत्पादन सफल भएको छ”, उहाँले भन्नुभयो,“अहिले थोरै जग्गामा लगाएको थिएँ, उत्पादन र माग राम्रो भएकाले आगामी वर्षमा खेती विस्तार गर्ने तयारीमा छु ।”

कुश्मा नगरपालिका–७ का वडासदस्यसमेत रहनुभएका पुरीले जनताको सेवासँगै कृषि उत्पादन गरेर प्रशस्त आम्दानी गरिरहनुभएको छ ।