१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’

‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’
अ अ+ अ-

गण्डकी । एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी)मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपथ्र्यो । चारवटा लाइन पार गरेपछि बल्ल सेवाग्राहीले पालो पाउँथे । लाममा उभिँदाउभिँदै समय घर्के अर्को दिन कुर्नुपथ्र्यो । बोझिलो र झण्झटिलो सेवा प्रवाहबाट सेवाग्राही आजित थिए ।

पछिल्लो समय सो कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले पहिलेको झैँ सास्ती व्यहोर्नुपर्दैन । सेवा प्रवाहको अवस्थामा सुधार आएको छ । राज्यले दिने सार्वजनिक सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदा कति फरक पर्छ भन्ने एउटा उदाहरण उक्त कार्यालय पनि बनेको छ । सो कार्यालयबाट मोटरसाइकल नामसरी र नवीकरणको काम २० मिनेटमा सिध्याएर घर फर्किएको म्याग्दीको बेनी नगरपालिका–२ का नारायण थापाले बताउनुभयो ।

“पहिले चारवटा लाइनमा तीन–चार घण्टा उभिएपछि बल्ल पालो आउँथ्यो, अहिले एकद्वार प्रणालीबाट सबै काम भयो”, उहाँले भन्नुभयो, “कर तिर्न बैंक जानुपर्ने, भौचर ल्याएर कार्यालयमा बुझाउनुपर्ने झण्झट पनि हटेको छ ।” कार्यालय प्रमुख डिल्लीराम रिज्यालका अनुसार उक्त कार्यालयमा दैनिक सरदर सात सय जनाले सेवा लिने गर्छन् । यसमध्ये सवारीसाधन नवीकरण गर्न आउनेको सङ्ख्या झण्डै पाँच सय हुन्छ ।

“नवीकरण प्रक्रियालाई छरितो बनाइएको छ, सफ्टवेयर प्रणालीबाट करको हिसाब हुन्छ, २०६० सालयताका सबै करका दरलाई सफ्टवेयरमा राखिएको छ”, उहाँले भन्नुभयो, “१५/२० मिनेटभित्रैमा ब्लू बक नवीकरणको काम हुन्छ ।” पहिले कर तोक्न, बैङ्कमा भौचर जम्मा गर्न, सवारी दर्ता प्रणालीमा दर्ता गर्न र नवीकरणका लागि गरी चारठाउँमा लाइन बस्नुपर्ने बाध्यता थियो ।

कार्यालय प्रमुख रिज्यालले सवारीसाधनको दर्ता तथा नवीकरणको प्रकृयालाई पनि चुस्त बनाइएको बताउनुभयो । यातायात नियमावली जारी भएपछि सेवा प्रवाहमा थप सहजता थपिएको उहाँको भनाइ छ । ‘ब्लू बुक’को प्रतिलिपि सवारीचालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्र आदिका आधारमा पनि दिने मिल्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “आन्तरिक रेकर्ड व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ, कार्यालयमा रहेका सवारीसाधनका सबै ढड्डा र फाइललाई विद्युतीय अभिलेखीकरण गरिएको छ”, उहाँले भन्नुभयो, “फाइल तथा ढड्डा नभेटिएपनि डिजिटल कपीबाट सेवाग्राहीलाई सिवा दिँदै आएका छौँ ।”

कार्यालयमा दर्ता भएका सवारीसाधनको विवरण र अभिखेल विद्युतीय प्रणालीमा राख्न सुरु गरिएपछि सम्बन्धित सवारीधनीले आफ्नो फाइल घरमै लैजान थालेका छन् । पुराना फाइललाई पनि घरमै लगेर राख्न सकिने व्यवस्था मिलाइएको छ । “सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाइएको छ”, कार्यालय प्रमुख रिज्यालले भन्नुभयो ।

उहाँले देशमै पहिलोपटक उक्त कार्यालये तीन लाख बढी सवारीसाधनको विद्युतीय अभिलेख राखेको बताउनुभयो । फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह प्रभावकारी बनेको उहाँको भनाइ छ । “विद्युतीय अभिलेखीकरण भएपछि फाइल, ढड्डा हराउने, सेवाग्राहीलाई असहजा हुने अवस्थाको अन्त्य भएको छ,” उहाँले भन्नुभयो “दराजमा राखिएको फाइल भेटिएन भने तत्काल डिजिटल अभिलेख हेरेर सेवा दिएर पठाउने गरेका छौँ ।” कार्यालयमा जडान भएको ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट सफ्टवेयर’मा कर हिसाब फिचर राखेर छिटो र विश्वसनीय सेवा दिइएको रिजालले बताउनुभयो ।

फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ। पुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ । कार्यालयले नयाँ दर्ता हुने सबै सवारीसाधनलाई इम्बोष्ट नम्बर प्रणाली राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सवारीसाधनको प्रदुषण चेकजाँच गरेर मात्र जाँचपास दिन सुरु गरिएको छ । सवारीसाधनबाट उत्पन्न हुने प्रदुषण मापनका लागि उपकरणको प्रबन्ध गरेर कार्यालयले सो सेवा दिन थालेको हो ।

बागलुङ, नवलपुर र डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयका फाइल र ढड्डाको पनि विद्युतीय अभिलेख राख्ने कार्य सुरु भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । “कास्कीसँगै क्रमश: अरु जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयमा पनि विद्युतीय अभिलेखीकरणको काम सुरु गरिएको छ, यातायात कार्यालयको सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको छ”, मन्त्रालयको यातायात महाशाखा प्रमुख प्रदीपकुमार रेग्मीले भन्नुभयो ।

उहाँका अनुसार मन्त्रालयले चालु आवमा बागलुङ र नवलपुरको दर्ता भएका सवारीसाधनको अभिलेखलाई डिजिटाइज्ड गर्न दस/दस लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । “बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार बढी सवारीसाधन दर्ता भएका छन्”, उहाँले भन्नुभयो, “यस वर्ष दुुवै कार्यालयलाई सवारीसाधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुम्रेको कार्यालयमा दर्ता भएका सवारीसाधनको संख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेसनको काम हुन्छ ।”

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले रुट इजाजत र जाँचपासबाहेकका सेवा अनलाइन प्रणालीबाट दिन थालिएको बताउनुभयो । “पुराना फाइल र ढड्डालाई सफ्टवेयरमा प्रविष्ट गर्ने काम भइरहेको छ, दर्ता र नामसरीको काम गत फागुनदेखि अनलाइनमार्फत भइरहेको छ”, उहाँले भन्नुभयो, “नवीकरणको काम पहिलेभन्दा छिटोछरितो भएको छ, राजश्व तिर्ने समय पनि एक घण्टा थप गरिएको छ ।”

सवारी चालक अनुमती पत्र ९लाइसेन्स० सम्बन्धी सबै सेवा अनलाइनबाट लिन सकिने उहाँको भनाइ छ । “लाइसेन्सको आवदेनका लागि कार्यालय धाउनु पर्दैन, अनलाइनबाटै दिन सकिन्छ, चालकले आफ्नो ‘लाइसेन्स’ आए/नआएको पनि वेभसाइटमा हेर्न सक्छन्”, उहाँले भन्नुभयो, “सबै सेवाग्राहीको बायोमेट्रिक विवरण अनलाइन प्रणालीमा राखिएको छ, सवारीसाधनको ब्लू बुक पनि अनलाइनबाटै नवीकरण हुन थालेको छ ।”

सेवा प्रवाह प्रविधिमैत्री बन्न थालेपछि यातायात कार्यालयप्रतिको सर्वसाधारणको धारणा पनि विस्तारै परिवर्तन हुँदै गएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । सवारी व्यवस्थापनसम्बन्धी फ्टवेयरमा सवारीसाधनको नम्बर, कम्पनी, रङ, बीमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बरलगायतका विवरण र अभिलेख राख्ने गरिएको उहाँको भनाइ छ । सफ्टवेयरमा कर निर्धारण गर्ने विधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ । गण्डकीमा सबैभन्दा बढी कास्कीको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् ।

प्रविधिमैत्री सेवा दिन थालेपछि यातायात कार्यालय सेवाग्राहीको भीडभाड कम हुँदै गएको छ । सेवालाई पहुँचयोग्य, झण्झटमुक्त र छरितो बनाउन प्रयास गरिएको मन्त्रालयको यातायात महाशाखा प्रमुख रेग्मीले बताउनुभयो । भौगोलिक अवस्थिति, आर्थिक, सामाजिक जस्ता कारणले एकैचोटि कागजविहीन (डिजटल) शासन प्रणालीमा जान चुनौती रहेपनि सरकारी कार्यालय र निकायहरुले ‘डिजिटल नेपाल’को अवधारणाअनुसार सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउँदै लगेका छन् ।

सरकारी कार्यालय बढी प्रक्रियामुखी भएको जनाउँदै बेलाबेला जनगुनासो पनि सुनिने गरेको छ । नवीन सोच र प्रविधिलाई आत्मसाथ गरेमा मात्र सार्वजनिक सेवा प्रभावकारी हुने देखिन्छ । रासस