२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो वार्मअप खेलमा नेपालले आज अमेरिकासँग खेल्दै



अ+ अ-

काठमाडौं । टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ ।

नेपाल र आयोजक अमेरिकाबिचको खेल राति सवा ९ बजेबाट सुरु हुनेछ ।

नेपालले पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले हारेको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

त्यसअघि नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो। सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।