२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लामावादमा बुद्धजयन्ती



अ+ अ-

काठमाडौँ । दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक कार्यक्रमको आयोजना गरी शान्तिका अग्रदूत भगवान् गौतमबुद्धका वाणीको परिचर्चा गरियो ।

नेपाल र पाकिस्तानका बौद्ध भिक्षुका साथै पाकिस्तानी नागरिकको उपस्थितिमा भएको उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अहिंसा, दया, करुणा, समभाव एवं सम्यक ध्यानजस्ता बौद्ध दर्शनका प्रमुख सिद्धान्त मानव जीवनका लागि उपयोगी छन् भन्नुभयो ।

उहाँले बौद्ध दर्शनमा लुम्बिनी र तक्षशीलाको ठूलो महत्व रहेको र नेपाल सरकारले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्न गरेका प्रयासको चर्चा गर्दै पाकिस्तान सरकारले गान्धारा सभ्यताको संरक्षण र प्रवरद्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो । साथै उहाँले बौद्ध परम्परामा नेपाल प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेकाले पाकिस्तानलगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेका जानकारी दिनुभएको उक्त दूतावासले जनाएको छ ।

कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री एवं युवक बौद्धमण्डल नेपालका सल्लाहकार डा केशवमान शाक्य, बौद्ध अध्येता एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य श्रीओमचरण अमात्य, बौद्ध विद्धान् एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक भिक्षु पण्डित सङ्किच श्रामणेर र गोरखापत्रका प्रमुख संवाददाता केदारप्रसाद भट्टराईले बौद्ध दर्शनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपालबाट जानुभएका विद्वान्हरूले हाल पाकिस्तानमा रहेका प्राचीनस्थल खासगरी स्वात उपत्यका (गुरू पद्मसम्भव जन्मनुभएको उदियाना), पेशावर (पुरुषपुर), चरसद्दा (पुस्कलावती) एवं टक्सिला (तक्षशिला)को बौद्धदर्शन विकासमा ठूलो महत्व रहेको बताउनुभएको थियो । उक्त अवसरमा उहाँहरुले बौद्धधर्म र दर्शनका विभिन्न पक्ष, यसको महत्व र अपरिहार्यता दर्शाउँदै पाकिस्तानमा रहेको गान्धारा सभ्यता सम्पूर्ण बौद्धजगत्को सेतुका रूपमा रहेकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएकामा जोड दिनुभएको थियो ।




भर्खरै