१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र
अ अ+ अ-

गलेश्वर । एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दु:ख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि तथा व्यवसायमार्फत सबल बन्दै जान थालेका हुन् ।

जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास (होमस्टे), सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो । सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा जिल्लाको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

मालिका गाउँपालिका–४ का तिलबहादुर विक १२ वर्षसम्म वैदेशिक रोजगारी गरेर गाउँ फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग सञ्चालन गर्नुभयो । अहिले उहाँले अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख ५० हजार भन्दा बढी बचत गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका–४ वास्कुनाका ११ वर्षीय तिलक गुरुङ विदेश बसाइलाई अन्त्य गर्दै गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लाग्नुभयो । उहाँ अहिले राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित हुनुभएको छ । विगत २३ वर्षदेखि पशुपालन र फलफूल खेतीमा लाग्नुभएका गुरुङले आफ्नै गाउँमा मासिक रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, सहरलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “गाउँको विकासका लागि ग्रामीण परिवेशका उद्यमहरु नै उपयुक्त हुन्छन्, म्याग्दीको सन्दर्भमा पशुपालन, तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन् । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो ।”

विक र गुरुङ यहाँका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा दुई सयभन्दा बढी युवा कृषि तथा पशुपालनमा लागेर व्यवसाय गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मौरीपालन, डेरी उद्योग, सिलाइकटाइ, गलैँचा उद्योग, माछापालन, टिमुर र आलुखेतीमार्फत यहाँका युवा आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका केही व्यक्ति विदेश हुँदा सिकेको सीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् ।

जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ, बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोटका साथै वनपैदावार र जडीबुटीका लागि चर्चित गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत् उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँमा पछिल्लो पाँच वर्षयता युवा उद्यमी र व्यवसायीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थापाको भनाइ छ । “ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्,” अर्थशास्त्रका जानकार विकल शर्माले भन्नुभयो, “यसको मद्दतमा जिल्लाको ग्रामीण समाजको आयआर्जन बढ्दै गएको छ ।” उहाँले ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक उपलब्धि भएको बताउनुभयो ।

गाउँलेहरूले बिक्री गरेका वस्तुको आम्दानी बैङ्क तथा वित्तीय संस्थामा जम्मा हुन थालेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताउनुभयो । युवा विदेश नगई स्वदेशमै आयआर्जनमा जोडिँदा ग्रामीण अर्थतन्त्र सबल बन्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको उहाँले बताउनुभयो । रासस