५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

बजेटपछि केमा बढ्यो केमा घट्यो मूल्य ?

बजेटपछि केमा बढ्यो केमा घट्यो मूल्य ?
अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व संकलनको लक्ष्य पूरा गर्न धेरै वस्तुमा कर बढाएको छ । बजेट पेश भएप्छि अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयकमार्फत् सरकारले करका दर हेरफेर गरेको छ ।

सरकारले विद्युतीय सवारीसाधनमा भन्सार र अन्त:शुल्क बढाएको छ । जसअनुसार अब ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्त:शुल्क लाग्नेछ । यस वर्ष अन्त:शुल्क लागेको थिएन भने १० प्रतिशत भन्सार दर लाग्दै आएको थियो । यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्त:शुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त:शुल्क थियो ।

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्त:शुल्क पुर्‍याएको छ । २०१ देखि ३०० किलोवाटमा २० प्रतिशत र ३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । तर अन्तरशुल्क भने १० प्रतिशतले घटेको छ ।

नेपालभित्र पैठारी हुने कोइला, पत्थर कोइला, पेट्रोलियम तेलजस्ता वस्तुमा पहिलो पटक अधिकतम १ प्रतिशतसम्म हरित कर लगाइएको छ ।
विदेशी बैंकबाट पैसा ल्याउँदा १० प्रतिशत कर लाग्ने गरेकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा झारिएको छ ।

औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउनेलगायत उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्त:शुल्क घटाइएको छ । आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ भने मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्त:शुल्क बढेको छ ।

यस्तै विभिन्न वस्तुको आयातमा भन्सार बिन्दुमा लाग्ने कृषि सुधार शुल्क पाँच प्रतिशतबाट बढाएर नौ प्रतिशत कायम गरिएको छ । प्यासिफिक सालमोन, सोले, स्पिकज्याक टुना, डगफिस तथा अन्य सार्कहरू, अल्बाकोर तथा लामो पखेटा भएका टुनालगायत माछाको आयातमा यस्तो शुल्क नौ प्रतिशत पुर्‍याइएको छ । मुसुरोको दाल निकासीमा प्रतिकिलोग्राम १ रुपैयाँ निकासी महसुल लाग्दै आएकामा त्यसलाई हटाइएको छ । पोलिप्रोपलिन, पोलिआइसोब्युटलिन, प्रोपलिन कोपोलिमरजस्ता वस्तुमा प्रतिकिलोग्राम पाँच रुपैयाँ बराबर निकासी महसुल लाग्ने गरी परिवर्तन भएको छ । काठमा कोणधारी (कोनिफोरस), गैरकोणधारी (नन–कोनिफोरस) मा दुई सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारिएको छ । सल्लो, देवदारु, भोजपत्र, लहरे पीपललगायतका काठमा लाग्ने निकासी महसुल घटेको हो ।

अपांगता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । त्यस्तै, विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका ‘डिप साइकल लिड एसिड ब्याट्री’ मा पनि शून्य दरको भ्याट कायम गरिएको छ । सुकाएको नरिवलको गुदी (कोप्रा) मा १५ प्रतिशत अन्त:शुल्क लगाइएको छ । उखुको खुदोमा प्रतिक्विन्टल १ सय ५ बराबर अन्त:शुल्क लाग्दै आएकामा त्यसलाई बढाएर १ सय १० रुपैयाँ बनाइएको छ । बलगर गहुँ, कर्नफ्लेक्स र तौलमा कोकोको मात्रा ६ प्रतिशतभन्दा बढी भएका चकलेटमा १० प्रतिशत अन्त:शुल्क लगाइएको छ । भोगटे, पमेलो, भुइँकटहर, क्यानबेरी, आँपलगायतका जुसमा १३ प्रतिशत अन्त:शुल्क लाग्दै आएकामा ५० पैसा थप गरिएको छ ।

यसैग्री सुर्तीरहित पान मसलामा अन्त:शुल्क ८ सय ७५ बनाइएको छ भने सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३ सय ७५ बनाइएको छ । अल्कोहलरहित बियरमा प्रतिलिटर ३५ बाट ४५ रुपैयाँ, इनर्जी ड्रिङ्समा प्रतिलिटर ५० बाट ५२ पुर्‍याइएको छ । १२ प्रतिशतसम्म अल्कोहल भएको बियरमा ४ सय ४४ लाग्दै आएकामा ४ सय ६० पुर्‍याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको बियरमा प्रतिलिटर १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर १९ बराबर अन्त:शुल्क बढाइएको छ । त्यस्तै, छ्याङ (कन्ट्री बियर) मा प्रतिलिटर ४३ रहेको अन्त:शुल्कलाई ४८ पुर्‍याइएको छ ।

त्यस्तै, जर्दा, खैनी, नस गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलोग्राम ८ सय ५० बराबर लाग्दै आएकामा अन्त:शुल्कलाई प्रतिकिलोग्राम ८ सय ८० रुपैयाँ बनाइएको छ । हुक्का फ्लेबरमा प्रतिकिलोग्राम १ हजार ४ सय रुपैयाँ बराबर लाग्दै आएको अन्त:शुल्क बढेर १ हजार ५ सय रुपैयाँ पुगेको छ ।

विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्त:शुल्क लगाइएको छ । सुगन्धित अत्तर (बडी स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा १५ रुपैयाँ अन्त:शुल्क लाग्दै आएकामा त्यसलाई बढाएर २० रुपैयाँ पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्षमा राजस्वमार्फत् १४ खर्ब २२ अर्ब ५४ करोड संकलन गर्ने लक्ष्य लिएको छ । लक्ष्यअनुसार राजस्व संकलन गर्न करका दलहरु हेरफेर गरिएको हो ।