७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारभन्दा पार्टीको काममा व्यस्त मन्त्रीहरु !



अ+ अ-

काठमाडौं । उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु १ विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैपर्यो ।’ उनले अहिले आफूहरुको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरु सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरवार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ ।

प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौँ भाषण गरे । यसले सरकारको काम कम र पार्टीको काममा बढी केन्द्रीत हनु नयाँ पुराना मन्त्रीलाई प्रोत्साहन गरेको छ ।

मन्त्रीहरुको जिज्ला आउजाउले पछिल्ला मन्त्रिपरिषद् बैठकहरुसमेत खालीखाली देखिन्छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा २२ मध्ये १२ जनामन्त्री सहभागी थिए । सिंहदरबारभित्रका सबै मन्त्रालयको चक्कर मार्दा दृश्य लगभग त्यस्तै देखियो । २२ मध्ये १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये २ राज्यमन्त्री आफ्नो च्याम्बरमा भेटिएनन् । कान्तिपुर दैनिक




भर्खरै