२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड-माधव पक्षको आग्रह

निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड-माधव पक्षको आग्रह
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी दर्जनौं मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते निर्वाचन गराउने घोषणा गर्नुभएको थियो । त्यसपछि आयोगले निर्वाचनको प्रारम्भिक तयारीअन्तर्गत मतदाता नामावली अद्यावधिक गर्ने कार्य अघि बढाउने कामलाई तीव्रता दिएको छ । यस अवस्थामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरुले आयोगमै पुगेर सो आग्रह गरेका हुन् ।

अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष प्रचण्ड र नेपाल सोमबार आयोगमा पुगेको नेता राजेन्द्र पाण्डले जानकारी दिनुभयो ।सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा रहेको छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएकोमा सो पक्षले आपत्ति प्रकट गरेको थियो । सो पक्षले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरुसँग छलफल गर्दै प्रचण्ड र नेपालसहित नेताहरुले नेकपा एकता गर्दादेखि पेस गरिएका सबै कागजातहरु एकप्रति माग गरेको आयोगले जनाएको छ । आयोगको पुस २३ को पत्रसँगै लिएर नेताहरु आयोग पुग्नुभएको थियो । सो पत्रमा आयोगमा रहेको विवरण अद्यावधिक नहुने जवाफ आयोगले पठाएको थियो । आयोगले एक साताको समय दिएर दुवै पक्षलाई दलसम्बन्धी नियमावलीको नियम २५ अनुसार जवाफ दिन पत्र पठाएको थियो ।

छलफलकै क्रममा प्रचण्ड–नेपालले आयोगलाई आवश्यक भएका सबै कागजात उपलब्ध गराउन तयार रहेको भन्दै पार्टीको आधिकारिकताको टुंगो छिटो लगाउन पनि आग्रह गर्नुभयो । पार्टी एकता गर्ने क्रममा २०७५ जेठ ३ गते नेकपा दल दर्ता गर्दा बुझाएको र त्यसपछि अद्यावधिक गरिएका सबै कागजात माग गरेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाब दिनु वा अवज्ञा गर्नु जस्तै रहेको आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले धारणा राख्नुभयो । अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेका छन्।

छलफलमा आयोगका पदाधिकारीहरुले मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका थिए ।प्रचण्ड–माधव पक्षलाई पठाएको पत्रबारे स्पष्ट पार्न नेताहरु आयोग आएको आयोगले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल र ओली पक्षले पार्टीको आधिकारिकताका आफ्नो पक्षमा नै रहेको जिकिर गर्दै आएका छन् । नेपाल समाचारपत्र दैनिक