८ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ रिंकु सिंहका लागि खास रहेन । तर, यसका बाबजुद कोलकाता नाइट राइडर्सले उपाधि जित्न सफल भयो । यसै क्रममा रिंकु सिंहले आईपीएलमा आफ्नो लगातार खराब फर्मको मार झेल्नु परेको थियो ।

रिंकुले टी–२० विश्वकपको लागि भारतीय टोलीमा स्थान पाएनन् । तर, यी ब्याट्सम्यानलाई निश्चित रूपमा रिजर्भ खेलाडीको रुपमा राखिएको छ । आईपीएल जितेपछि र टी–२० विश्वकपमा जानुअघि रिंकु सिंहले धेरै विषयमा आफ्नो धारणा राखेका थिए ।

जब रिंकु सिंहलाई आईपीएलको पारिश्रमिकबारे सोधिएको थियो, उनले भने – ‘यो ५५ लाख रुपैयाँ मेरो लागि धेरै हो, म हुर्किँदा ५–१० रुपैयाँ कसरी कमाउन सक्छु भन्ने सोच्थें तर अहिले मेरो आईपीएलको तलब ५५ लाख छ जुन मेरो अनुसार धेरै हो । भगवानले जे दिनुहुन्छ त्यसैमा खुसी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

कोलकाता नाइट राइडर्सले रिंकु सिंहलाई ५५ लाखमा राखेको छ । क्रिकेटका दिग्गज र फ्यानहरू रिंकु सिंहको मूल्य करोडौंमा हुनुपर्छ भन्ने विश्वास गर्छन् । ५५ लाख रिंकु सिंहलाई न्याय नभएको उनीहरु ठान्छन् ।

यसका साथै रिंकुले भारतीय टोलीका कप्तान रोहित शर्मालाई लिएर आफ्नो धारणा राखे । उनले रोहित शर्माले युवा खेलाडीलाई धेरै समर्थन गर्ने बताए ।