२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

चाँडै नै धरहराबाट उपत्यका अवलोकन गर्न पाईने

चाँडै नै धरहराबाट उपत्यका अवलोकन गर्न पाईने
अ अ+ अ-

काठमाडौं । नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ । ४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउनुहुन्छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहरा भूकम्प गएको तीन वर्षपछि २०७५ भदौ २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

निर्माणको संयुक्तरूपमा जिम्मा पाएका चिनियाँ कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले २०७७ असोज २० मा काम सक्नेगरी सम्झौता गरेका थिए ।कोभिड १९ का कारण केही समय काम रोकिएपछि निर्माण अवधि थप भएको मानन्धरले बताउनुभयो। उहाँले भन्नुभयो–‘यदि कोभिडले असर नपारेको भए आज हामी धरहराबाट काठमाडौं निल्याल्दै हुनेथियौं ।’ ऐतिहासिक धरहरा पुनर्निर्माणमा केही विदेशी प्राविधिकबाहेक सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गर्दैआएका छन् । ३ अर्बकोे लगानीमा बन्न लागेको उक्त धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत सामग्री प्रयोग भएको जनाइएको छ ।

दुई लिफ्टसहित एउटा फलामे भर्याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ । धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदैछ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ । धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो ।

धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । हरियाली बगैंचा, मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउने परिकल्पना छ ।जम्मा २७ मिटर जमिनभित्र गाडिएको धरहरामा जमिनमुनि हुने दुई तलाको सपिङ सेन्टरसहित उचाइ ८७ मिटर हुनेछ ।

१८ तलामा अवलोकन हल राखिनेछ । हलमा भूकम्पले नेपालमा पारेको असरलगायत नेपालको बारेमा जानकारीमूलक भिडियोहरू राखिनेछ भने बाहिरी अवलोकन २० तलाबाट गर्न सकिन्छ । माथिका दुई तला धरहराको चुचुरोमा प्रयोग हुनेछ । १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो भने २०७२ सालको भूकम्पबाट पूरै क्षतिग्रस्त भएको थियो । नेपाल समाचारपत्र दैनिक