२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

आलोचना खेप्दै आएको सरकार भन्छ- ‘समयमै खोप ल्याएर निःशुल्क दिन्छौ’

आलोचना खेप्दै आएको सरकार भन्छ- ‘समयमै खोप ल्याएर निःशुल्क दिन्छौ’
अ अ+ अ-

काठमाडौँ । कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ । ‘खोप उपलब्ध भएको एक सातामै अभियानका रूपमा लगाउन सकिनेछ’, कार्यभार सम्हालेको दुई सातापछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘मन्त्रालयका तीन वटामध्ये कोभिडविरुद्घको खोप ल्याउने पहिलो प्राथमिकता हो । खोप ल्याउने मिसनकै रूपमा सरकारले काम अघि बढाउनेछ ।’

हालसम्म सरकारले खोपको प्रि–बुकिङ गरेको छैन । तर उनले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गरे । ‘त्यो पनि समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुनेछ,’ मन्त्री त्रिपाठीले भने । उनले विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिए । सरकारले विभिन्न देशलाई कूटनीतिक नोट पठाए पनि खोप ल्याउन ठोस कदम भने चालेको छैन ।

‘अन्य छिमेकीभन्दा धेरै पछाडि रहने अवस्था छैन,’ भारत र चीनमा खोप कार्यक्रम सुरु भएको संकेत गर्दै त्रिपाठीले भने, ‘हरेक च्यानल हरेक सम्भावनालाई अगाडि बढाउँदै छौं ।’ सरकारले कसरी पहल गरिरहेको छ भन्नेबारे उनले स्पष्ट खुलाएनन् । खोप खरिदका लागि अर्थ मन्त्रालयले रकम सुनिश्चित गरिसकेको जानकारी दिँदै बजेटको अभाव नहुने पनि बताए । निजी क्षेत्रलाई खोप खरिदको प्रक्रियाबाट टाढा नराख्ने जनाउँदै त्रिपाठीले पहिले सरकार–सरकार ९जीटूजी० तहबाट खोप खरिद प्रक्रियालाई अघि बढाउने उनको भनाइ थियो । ‘निजी क्षेत्रलाई पनि यो खरिद प्रक्रियाबाट टाढा राख्न चाहँदैनौं,’ उनले

भने, ‘बाहिर जति चर्चा भइरहेको छ, विशेषगरी के हो भने सरकारले आफू पनि नल्याउने र निजीलाई पनि ल्याउन नदिने कठोरतामा लागेको छ कि क्या हो भनेर, त्यो होइन । सरकार प्राथमिकताका साथ पारदर्शी ढंगले पहिले सरकार–सरकारबीच खरिद प्रक्रियालाई नै अगाडि बढाउँछ ।’ उनले कोभाक्स सुविधाबाट समेत मुलुकको कुल जनसंख्याको २० प्रतिशतका लागि कोभिडविरुद्घ खोप पाउने सुनिश्चितता प्राप्त गरिसकेको जनाए ।

खोप उपलब्धतासँगै सबैभन्दा पहिले मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका, त्यसपछि ५५ वर्षमाथिका र दीर्घरोगीलाई खोप दिइनेसमेत उनको भनाइ थियो । मुलुकमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्न १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई उपयोग गरिने उनले बताए । १६ हजार केन्द्र राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकको सरकारी संरचनाअन्तर्गत २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियस तापक्रममा एक करोड ७० लाख मात्रा खोप भण्डारण गर्ने क्षमता छ । यस्तै शून्यभन्दा तल अर्थात् माइनस २० डिग्री सेल्सियस तापक्रममा ९ लाख ११ हजार जनालाई पुग्ने खोप राख्ने क्षमता छ । विज्ञहरूका अनुसार नेपाललाई करिब २ करोड १० लाख जनालाई पुग्ने कोभिडविरुद्घको खोप आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म मुलुकमा १९,८७,५५५ जनाको पीसीआर परीक्षण गर्दा २,६५,२६८ जनामा कोभिड पोजिटिभ देखिएको छ भने यसमध्ये १,९२७ जनाको मृत्यु भइसकेको छ । हाल कोभिड पोजिटिभमध्ये मृत्युदर ०.७ प्रतिशत देखिएको छ । मुलुकमा सोमबार मात्र कोभिडले १० जनाको मृत्यु भएको छ भने ५,३०९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोभिड देखिएको हो । हाल मुलुकमा कोभिड निको हुने दर ९७।६ प्रतिशत देखिएको छ । देशभरिमा सोमबार कोभिडका कारण १ सय ६३ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा गरी २ सय जना सघन उपचारमा छन् ।

‘जोखिम घटेको छैन’

मन्त्री त्रिपाठीले कोभिड संक्रमणको दर घट्दै गए पनि जोखिम नघटेको बताएका छन् । ‘यो लडाइँ सकिएको छैन, थोरै देखिएको छ भने यो मध्यान्तर होला तर यो आदि र अन्त होइन,’ उनले भने । उनले हाल विश्वका विभिन्न भागमा कोभिड भाइरसको नयाँ रूप देखिएकोप्रति चिन्ता प्रकट गरे । जोखिम नघटेकाले अझै उत्तिकै स्वास्थ्य सतर्कता आवश्यक रहेको उनले बताए ।

कोभिड महामारीबाट बच्न स्वअनुशासन आवश्यक रहेको औंल्याउँदै उनले मास्क, सामाजिक दूरी र हातको सफाइजस्ता जनस्वास्थ्यको उपाय अपनाउन सबैसँग आग्रह गरे । कान्तिपुर दैनिक