२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही

विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ । प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले प्राविधिक वा मनोवैज्ञानिक रूपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउनुपर्ने बताए ।

यस्तै प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले पनि नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर विद्युत् आपूर्तिको समस्या समाधान नभए आवश्यक कारबाही हुने बताए । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवं पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको दाबी गरे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रूपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई अनुभूति गर्न सकेका छैनन् । उपभोक्ताले विद्युत् गइरहने चर्को समस्या भोग्नुपरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौं उपत्यकाका १० वितरण केन्द्रका प्रमुखको उपस्थिति थियो । मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणका पदाधिकारीको भनाइ छ । प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ । ती काम पूर्ण रूपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

सर्ट डाउनको अवस्था
प्राधिकरणको तथ्यांकअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा गत मंसिरमा ३७ पटक बत्ती जाने आउने ९ट्रिपिङ० भएको थियो । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मं्िसरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो । गत वर्ष योभन्दा बढी समस्या भए पनि अहिले समस्यालाई बढी उचालिएको प्राधिकरणको दाबी छ । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मंसिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द ९सट डाउन० गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रूपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले बताए । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिए । प्राधिकरणको तथ्यांक र दावीअनुसार गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

नियतवश बदमासी गरेको भए कारबाही हुने
प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारबाही हुने बताए । उनले प्राधिकरणको नेतृत्व यस विषयमा संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याए । उनले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवं वितरण केन्द्रका प्रमुखलाई अनुरोध गरे । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रूपमा वा संस्थागत रूपमा पनि भन्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्न अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिए । उनले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानुनी प्रश्न भए त्यसको निरूपणमा आफूहरूले सहजीकरण गर्ने बताए । ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिए । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उनले स्पष्ट पारे । राजधानी दैनिक