२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

परराष्ट्रमन्त्रीको भारत भ्रमणः सीमा विवाद र कोरोना खोप मुख्य एजेन्डा

परराष्ट्रमन्त्रीको भारत भ्रमणः सीमा विवाद र कोरोना खोप मुख्य एजेन्डा
अ अ+ अ-

नयाँदिल्ली । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारबाट हुने दिल्ली भ्रमणमा कोरोना खोप आपूर्तिको विषयले उच्च प्राथमिकता पाउने देखिएको छ । ज्ञवालीले नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि भारत भ्रमण गर्न लागेका हुन् । बैठकमा नेपाल र भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रमा हालसम्म भएका छलफल र तिनको प्रगति समीक्षा हुनेछ । त्यसका लागि दुवै पक्षबाट अन्तिम तयारी भइरहेको छ । आयोगको बैठक द्विपक्षीय संयन्त्रहरूमा हालसम्म भएका छलफलहरूको समीक्षामा सीमित हुने तर थाती रहेका विषयहरूको गाँठो फुकाउने सम्भावना ‘न्यून’ रहेको स्रोतको दाबी छ ।

भ्रमणका बेला दुई देशबीच कोरोनाविरुद्धको खोप आपूर्तिका सम्बन्धमा भने बृहत् छलफल हुने र निर्णय हुने सम्भावना रहेको बताइन्छ । ‘आयोगको बैठकमा छलफल त दर्जनौं विषयमा होलान् तर उपलब्धिका हिसाबले भ्रमण विशेषगरी खोपमा केन्द्रित होला जस्तो छ,’ स्रोतले भन्यो । चर्चामा आएजसरी, लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा वा ईपीजी प्रतिवेदनमा ‘निर्णायक’ कुराकानी हुन सक्ने संकेत देखिएको छैन । आयोग दुवै देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रमध्ये सबैभन्दा माथिल्लो हो । आयोगको पाँचौं बैठक गत वर्ष काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र, वाणिज्य, ऊर्जा र स्वास्थ्य सचिव पनि सहभागी हुनेछन् ।

नेपालले पहिलो चरणमा करिब २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि आवश्यक पर्ने खोप खरिदका लागि ७ देशलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । आपूर्ति गर्न सहज हुने, हावापानी मिल्ने र पूर्वाधार पनि अनुकूल भएकाले नेपालले भारतमा उत्पादित खोपलाई प्राथमिकतामा राखेको छ । यसैले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका बेला यससम्बन्धमा निर्णयको अपेक्षा गरिएको हो । त्यसो त परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरलाई खोप उपलब्ध गराउन पत्र लेखेका थिए । भारतले ज्ञवालीको भारत भ्रमणका बेला पहिलो चरणका ६० लाखमध्ये करिब दुई प्रतिशत (१ लाख २० हजार) नागरिकका लागि खोप अनुदान दिने घोषणा गर्ने सम्भावना छ ।

भारत सरकारले हालै मात्र अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतकै सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड र भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । पहिलो चरणको खोप अभियान माघ ३ मा सुरु गर्ने निर्णय भइसकेको छ । नेपाली पक्षसँग खोपको भण्डारणलगायत विषयमा पनि भारतको चासो रहेको बताइएको छ । भारत सरकार सेरम र बायोटेकलाई आफ्नो उत्पादन नेपाल निर्यात गर्न दिन सकारात्मक रहेको र दुवै कम्पनीलाई खोप सहुलियत दरमा उपलब्ध गराउन आग्रह गरेको स्रोतको दाबी छ । भारत सरकारले दुवै कम्पनीसँग प्रतिडोज करिब दुई सय भारु पर्ने खोप खरिद गर्ने भएको छ ।

नेपाली पक्षले भने भारतबाट अनुदानभन्दा पनि समयमै आवश्यक खोप खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । ‘हामीले अनुदानको बाटो हेरेका छैनौं । समयमा चाहेको जति खोप किन्न पाए त्यो नै ठूलो सहयोग हुनेछ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य स्वयंले पनि सेरम र भारत बायोटेकका उच्च अधिकारीहरूसँग खोपका विषयमा छलफल गरिसकेका छन् । कोरोना खोपका सम्बन्धमा केही सकारात्मक परिणाम आउनेमा राजदूत आचार्य आशावादी छन् । ‘कोरोनाविरुद्धको लडाइँमा भारतले छिमेकलाई सहयोग गर्ने नीति लिँदै आएकाले भ्रमणका बेला केही सकारात्मक नतिजा आउनेमा आशावादी छु,’ उनले भने ।

दुई कम्पनीमध्ये बायोटेकको प्रभावकारितामाथि भने भारतमै पनि प्रश्न उठेको छ । त्यसको खोपलाई तेस्रो चरणको परीक्षण पूरा नगर्दै अनुमति दिइएकाले कम प्राथमिकता दिनुपर्ने विज्ञहरूले जिकिर गरेका छन् । कान्तिपुर दैनिक