४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.33

Wind: 3.09

Humidity: 68

Latest
वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी चर्चित फुटबलर रोबर्टो कार्लोस भोलि नेपाल आउँदै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो ‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’ नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली शिक्षकहरुको आन्दोलन–फोटोफिचर द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा प्रचण्डले भनेको आधारमा सरकार ढल्दैनः कांग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समिति गठनमा सहमति नजुटे बजेट भाषणका दौरान पनि संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै प्रकाशशरण महतले छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्ने बताए । उनले भने, ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ । नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता खुल्ने गरी आउनुभयो भने ठिकै छ, त्यसरी आउनुभएन सहमति गर्न सकिँदैन । भोलि पनि हाम्रो अवरोध जारी रहन्छ ।’

बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

महतले आजै प्रधानमन्त्रीसँग छलफल गर्न नेताहरू बालुवाटार गएका पनि जानकारी दिए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार अहिले बालुवाटार गएका छन् ।