१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानविन समितिको गठन हुन नसकेको बताउनुभएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गर्नुभएको हो ।

उहाँले काँग्रेसको महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाउनु भयो । प्रमुख सचेतक बर्ताैलाले काँग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताउनु भयो । उहाँले संसदीय छानविन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक बर्र्ताैलाले भन्नुभयो, ‘सहमती र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ त्यो कार्यदलका बसेर काम गर्‍र्यौं । तर नेपाली काँग्रेसको तर्फबाट त्यो इमान्दारिता, समस्यालाई समाधान हुनेगरी आफूलाई प्रश्तुत गर्ने त्यो जिम्मेवारी बोध हामीले देखेनौं । त्यसकारण निष्कर्षमा पुग्न सकेनौं । नेपाली काँग्रेस सहमतीका लागि तयार छैन । सहमती बन्न लागेको परिस्थितिलाई बिगार्न काँग्रेस काँग्रेस भित्रैबाट लागेको छ भन्नेकुरा देखिन्छ । र त्यसको निष्कर्षका रुपमा आजसम्म समस्या समाधान नहुनुको एउटै कारण भनेको काँग्रेसको एउटा बटम लाइन हो । त्यो बदमलाईन भनेको मिल्न नदिने बटम लाइन । मुद्दा उठाउने, समाधानका लागि सरकारलाई दबाब सृजना गरेको जस्तो पनि गर्ने । तर हाउसमा अभद्र शैलीको आन्दोलन चलाउने, सडकमा पनि असान्दर्भिक ढंगबाट विषयवस्तु उठाएर अन्य राजनीतिक पार्टी विशेष गरेर नेकपा एमालेका शिर्षस्थ नेताहरुमाथि, अध्यक्षमाथि वा पार्टी माथि नै एक प्रकारले युद्धको घोषणा गरेको शैलीबाट अभिव्यक्तीहरु प्रकट गर्ने । यसले गर्दा परिस्थितिहरु निष्कर्षमा पुग्नका लागि सहयोगी बन्न सकेन ।’

‘अर्को हामीलाई के लाग्छ भने यो किन निष्कर्षमा पुगेन त ? सरकार यतिधेरै लचिलो भएर आउँदा पनि काँग्रेसले किन मानेन भन्दा नेपाली काँग्रेसको विशेषगरी आन्तरिक अन्तर्विरोध पनि केही हो भन्ने लाग्छ । विशेष गरी नेपाली काँग्रेसको अहिले समग्र २, अढाई महिनाको घटना हेर्दा नेपाली काँग्रेस एउटा काँग्रेसको रुपमा रहेन । एउटा काँग्रेसले संसदीय समितिहरुमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउँछ । अर्को काँग्रेसले संसदको बैठकमा गएर वेल घेराउ गरेर मुर्दावादको नारा लगाउँछ । दुई वटा काँग्रेस । अर्को सभापति काँग्रेस र महामन्त्री काँग्रेस । सभापति काँग्रेसहरु मिलौ कि भन्ने भावबाट अगाडि बढन खोजेको देखिन्छ । तर महामन्त्री काँग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर अभिव्यक्तिहरु गलत ढंगबाट दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी अस्थिरतातर्फ लैजानका लागि भुमिका खेल्ने गरी त्यस प्रकारको व्यवहार र गतिविधिमा लाग्ने । त्यो श्रृंखलाले गर्दा हामी मेरो विचारमा निष्कर्षमा पुग्न सकेनौं ।’

प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन काँग्रेसले पनि रोक्न नमिल्ने बताउनु भयो । सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली काँग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक बर्ताैलाले संसदको सबैभन्दा ठूलो दल भएकाले नाताले पनि नेपाली काँग्रेसले बजेट ल्याउनका लागि संसदमा अवरोध गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलि जेठको १५ गते हो । हामीले संविधान बनायौं । यो संविधान बनाउँदा नेपाली काँग्रेस स्वयम बसेर राजनीतिक पार्टीहरुले यो संविधान बनाएका हौ । सरकारले पर्सी बजेट ल्याउन सक्दैन । सरकारले भोलि नै बजेट ल्याउनु पर्छ । त्यसकारण यो संवैधानिक बाध्यतालाई नेपाली काँग्रेसले बुझिदिनु पर्छ । एउटा आग्रह हो । मेरो विचारमा नेपाली काँग्रेसले संवैधानिक बाध्यता बुझेर आफ्नो आन्दोलन के गर्नुहुन्छ, जारी राख्नुहोस् । हुनत: हामी सहमतीको प्रयत्न भोली बिहानसम्म गर्छौं । आज बेलुका पनि गर्छौं । यो जारी छ । यदि काँग्रेसले वास्तवमा सोच्ने हो भने त संसदीय छानविन समिति बनाउने कुरा भइसकेको छ ।’

‘यसलाई विश्वास गरेर किनकी काँग्रेसले सरकारलाई यस प्रकारको अविश्वास गर्ने परिस्थिति होइन । तर जुन प्रकारले अविश्वास गर्‍यो । यसले उसले आफूलाई सोच्नुपर्ने हो । तथापि जे गरिरहनु भएको छ । भोलिको दिन उहाँहरुले यस प्रकारको होहल्ला, नाराबाजी गर्नु हुने छैन भन्ने लाग्छ । भोलि संवैधानिक बाध्यताको दिन हो । संविधानले बजेट ल्याउन तोकेको दिन हो । यो सहजताका लागि वातावरण बनाई दिनुपर्छ । सरकारलाई परेको संवैधानिक बाध्यता बुझि दिनुपर्छ । उहाँहरुको आन्दोलन गर्ने कुरामा हाम्रा कुनै प्रश्नहरु छैनन् । हाम्रो आग्रह के हो भने अब सबै कुरा गर्ने भनिसकेपछि टिओआर पनि राम्रो बनाएर जाने भन्ने एक प्रकारको प्रतिवद्धता भइसकेपछि यसलाई नेपाली काँग्रेसले सरल ढंगबाट बुझेर हाउसको गतिरोधलाई निकास दिनका लागि जिम्मेवारीबोधका साथ आउनुपर्‍यो । संसदको सबैभन्दा ठूलो दलको भुमिका पनि उसले देखाउनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु ।’

सरकारले संवैधानिक प्रावधान अनुसार जेठ १५ गते (भोलि) संसदमा बजेट पेश गर्दैछ ।