२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

राष्ट्र बैंक भन्छ- अर्थतन्त्र सुधारतर्फ, ५४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा

राष्ट्र बैंक भन्छ- अर्थतन्त्र सुधारतर्फ, ५४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा
अ अ+ अ-

काठमाडौंः नेपाल राष्ट्रबैंकले हाल देशका ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ ।  कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति पछिल्लो सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ ।  

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन बैंकले आज सार्वजनिक गर्दै २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको जनाएको छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग-व्यवसायहरु सञ्चालन हुन नसकेको बैंकले जनाएको छ ।

सर्वेक्षणमा भनिएको छ, गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे देखिन्छ ।

साथै, गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको संचालन अवस्थामा उल्लेख्य सुधार आएको बैंकले जनाएको छ ।

सर्वेक्षण नतिजामा भनिएको छ, “मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग-व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ ।”

यसैगरी, गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको, कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको तर यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च घटेको पाइएको सर्वेक्षणमा भनिएको छ । उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु अगाडी सारेको बैंकले जनाएको छ ।