२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि



अ+ अ-

काठमाण्डौ । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउदै म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको उपाधि जितेको छ ।

गए राति वेम्बलीमा भएको फाइनल खेलमा सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि जेरेमी डोकुले खेलको ८७ औँ मिनेटमा एक गोल फर्काए ।

अघिल्लो सिजनमा सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो ।