२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ

लन्डनमा एक नेपाली सेफको हत्या

लन्डनमा एक नेपाली सेफको हत्या
अ अ+ अ-

लन्डन । लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति करिब साढे १० बजे लन्डन इस्टकोट रेल स्टेसन अगाडि झगडा हुँदा अन्दाजी ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

सामान्य भनाभनमा २१ वर्षीय एक युवाले कुटपिट गरेपछि उनको घटनास्थलमै निधन भएको तिमल्सेनाले बताए । प्रहरीले ती युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।लन्डनस्थित सोसल ढाबा नामक रेस्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन । ‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेसनतिर निस्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’ स्टेसनबाट केसीको घर करिब दुई मिनेट दूरीमा छ ।

एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् । ‘उनी ज्यादै मिजासिला, अरुको आदर गर्ने र मिहेनती थिए’, तिमल्सेनाले सम्झिए, ‘आफैले रेखदेख गरेको छिमेकी भाइको दुस्खद घट्नाले मर्माहत बनाएको छ ।’

स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । इण्डो चाइनिज खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किडलगायत लन्डनका कैयौं रेस्टुरेन्टमा काम गरेका थिए । काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बस्थे । कान्तिपुर दैनिक