२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल



अ+ अ-

काठमाडौँ । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवादले हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल भएको छ ।

काठमाडौंमा जेठ ९ र १० गते भएको हिमाल मानव र जलवायु परिवर्तनबारे विशेषज्ञहरुको सम्मेलन आयोजना भएको थियो । हिमाल र तल्लो तटीय क्षेत्रको प्रकृति मानव र जलवायुको परिस्थितिकीय प्रणालीमा जलवायुको असर कसरी परेको छ ? भन्नेबारे विभिन्न सेसनमा सामुहिक छलफल भएको थियो । नेपाल जस्तै पर्यावरणीय र जलवायु चक्र भएका देशमा हिमाल र तटीय क्षेत्रमा उच्च जोखिम रहेको निस्कर्ष सम्मेलनले निकालेको छ ।

सम्मेलनको आयोजक मध्यको एक वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन महाशाखा प्रमुख डा. बुद्धिसागर पौडेलले पर्वतीय र तल्लो तटिय क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवन र पर्यावरणलाई दिगो बनाउँदै विश्व तापक्रम १.५ डिग्रि भन्दा बढी हुन नदिन सबै प्रकारका काम गर्ने र सामुहिक आवाज उठाउने गरी समान धारणा बनेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. पौडेलले आगामी जर्मनीको वोनमा हुने (संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्स्टा) मा यो सम्मेलनको निस्कर्ष प्रश्तुत हुने जानकारी दिनुभयो ।

नेपालले दुबईमा सम्पन्न भएको विश्व जलवायु सम्मेलन (कोप—२८) मा नै विज्ञहरुको सम्मेलन नेपालमा गर्ने जानकारी गराएको थियो । जेठ १० मा सम्पन्न दुई दिने सम्मेलनमा २५ देशका २५० बढी विशेषज्ञ तथा राजनैतिक नेतृत्वको सहभगिता रहेको थियो । हिमालको अन्तरसम्बन्ध तटीय राष्ट्र र त्यहाँ बसोवास गर्ने जनतासम्म रहेको निस्कर्ष पनि सम्मेलनले निकालेको छ । नेपाले हिमालमा जलवायु परिवर्तनको विषय मात्र उठाउँदा तल्लो तटीय क्षेत्र छुट्ने हुँदा समग्रमा सबै क्षेत्रको विषय उठाएर जस नेतृत्वले लिने सहसचिव डा. पौडेलले जानकारी दिनुभयो ।

संवादमा सहभागी हुन भूटानका कृषिमन्त्री ल्योन्पो योन्टेन, बंगलादेशका वन तथा वातावरणमन्त्री सावेर हुसेन चौधरी, साब्स्टा अध्यक्ष ह्यारी मिरेडल काठमाडौं आउनुभएको थियो । यसबाहेक विभिन्न देश पर्वतीय देश) टापु राष्ट्रका विशेषज्ञ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्र संघको जलवायु सम्बन्धी फ्रेमवर्क कन्भेन्सन अन्तर्गत रहेर काम गर्ने विशेषज्ञहरुको समूह साब्स्टा सम्मेलन आगामी जुन ३ देखि १३ सम्म जर्मनीको वोन शहरमा हुँदैन । यो सम्मेलनले जलवायु कोष हानी नोक्शानी कोषबारे महत्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ ।