२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । बलिउड स्टार तथा आईपीएल टिम कोलकाता नाइट राइडर्सका सह–मालिक शाहरुख खानलाई हिट स्ट्रोक भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार राति उनको स्वास्थ्य बिग्रिएपछि शाहरुखलाई मे २२ तारिख बुधबार अहमदाबादको केडी अस्पताल लगिएको थियो, जहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो । अब अभिनेताको स्वास्थ्यसँग सम्बन्धित नयाँ जानकारी बाहिर आएको छ ।

हिजो अभिनेता अस्पतालबाट डिस्चार्ज भएको खबर आएपनि अहिले भने किङ खान अस्पतालमा उपचाररत रहेको र अहिलेसम्म डिस्चार्ज नभएको जानकारी आएको छ । हिट स्ट्रोकबाट पीडित शाहरुख खान अहमदाबादको एक अस्पतालमा उपचार गराइरहेका छन्, बिहीबार अर्थात् आज डिस्चार्ज हुने सम्भावना छ, एक प्रहरी अधिकारीले भने ।

यद्यपी निजी अस्पतालले शाहरुख खानको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । अभिनेतालाई बुधबार मल्टिस्पेशलिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर)टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद आएका थिए ।

अहमदाबादका पुलिस अधीक्षक ओम प्रकाश जाटले भने, ‘खान अझै अस्पतालमा उपचाररत छन् । उनी आजै डिस्चार्ज हुने सम्भावना छ ।’ गुजरातका धेरै भागहरू विगत केही दिनदेखि अत्यधिक गर्मीको चपेटामा छन् ।

केकेआरले मंगलबार क्वालिफायर १ मा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चौथो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ । केकेआरका अधिकारीले सेयर गरेको भिडियोमा शाहरुख खानले पनि स्टेडियममा फ्यान र खेलाडीलाई अभिनन्दन गरेका थिए । अब केकेआरले आइतबार चेन्नईमा फाइनल खेल्नेछ ।