२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । बलिउड स्टार तथा आईपीएल टिम कोलकाता नाइट राइडर्सका सह–मालिक शाहरुख खानलाई हिट स्ट्रोक भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार राति उनको स्वास्थ्य बिग्रिएपछि शाहरुखलाई मे २२ तारिख बुधबार अहमदाबादको केडी अस्पताल लगिएको थियो, जहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो । अब अभिनेताको स्वास्थ्यसँग सम्बन्धित नयाँ जानकारी बाहिर आएको छ ।

हिजो अभिनेता अस्पतालबाट डिस्चार्ज भएको खबर आएपनि अहिले भने किङ खान अस्पतालमा उपचाररत रहेको र अहिलेसम्म डिस्चार्ज नभएको जानकारी आएको छ । हिट स्ट्रोकबाट पीडित शाहरुख खान अहमदाबादको एक अस्पतालमा उपचार गराइरहेका छन्, बिहीबार अर्थात् आज डिस्चार्ज हुने सम्भावना छ, एक प्रहरी अधिकारीले भने ।

यद्यपी निजी अस्पतालले शाहरुख खानको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । अभिनेतालाई बुधबार मल्टिस्पेशलिटी केडी अस्पतालमा भर्ना गरिएको थियो । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर)टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद आएका थिए ।

अहमदाबादका पुलिस अधीक्षक ओम प्रकाश जाटले भने, ‘खान अझै अस्पतालमा उपचाररत छन् । उनी आजै डिस्चार्ज हुने सम्भावना छ ।’ गुजरातका धेरै भागहरू विगत केही दिनदेखि अत्यधिक गर्मीको चपेटामा छन् ।

केकेआरले मंगलबार क्वालिफायर १ मा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चौथो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ । केकेआरका अधिकारीले सेयर गरेको भिडियोमा शाहरुख खानले पनि स्टेडियममा फ्यान र खेलाडीलाई अभिनन्दन गरेका थिए । अब केकेआरले आइतबार चेन्नईमा फाइनल खेल्नेछ ।