२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी



file
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत समुदायलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति र समुदाय बीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘गर्मी छल्नजीवजन्तु तथा पशुपंक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमाकिराँत समुदायद्वारावैशाख शुक्ल पूर्णिमाको दिनपितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइनेविशिष्ट चाड हो,उभौली पर्व । यो समय बालीनाली लगाउने बेला समेत भएकाले यस अवसरमालगाइएको अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआऊन् भनी भूमिपूजा तथा पितृपूजा गर्ने परम्परा रहेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले भौगोलिक, जातीय¸ भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति र समुदाय बीच आपसी एकता, सद्भाव¸ सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले उभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य¸ सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।