२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति



file photo
अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हि:, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उहाँको भनाइ छ । “गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु : चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।

बुद्ध जयन्तीका अवसरमा बुद्धसँग सम्बन्धित पवित्रस्थलमा दीप प्रज्जवलित गर्ने, रङ्गीन पताकाहरुले झकिझकाउ बनाउने र बुद्धको शिक्षामा आधारित जीवन जिउने सङ्कल्प लिने परम्परा रहिआएको छ । यसले मौलिक सांस्कृतिक पक्ष र जीवन सूत्रको महत्वलाई दर्शाउँदछ ।

गौतम बुद्धको जन्म सिद्धार्थ गौतमका रुपमा झण्डै ५६३ इसा पूर्व नेपालको लुम्बिनीमा हुनुले नेपालको संस्कृतिमा बौद्ध धर्मको अतूलनीय योगदान हाम्रा लागि मौलिक तथा ऐतिहासिक पक्ष भएको उहाँले बताउनुभयो । “अहिंसाको अवधारणा बौद्ध धर्मको प्रमुख योगदान त हुँदै हो, नेपालको कला एवं वास्तुकलामा बौद्ध धर्मको उल्लेख्य योगदान पनि उत्तिकै छ”, उहाँले भन्नुभयो ।

बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरुले मात्रै होइन हिन्दू धर्मावलम्बीहरुले पनि उत्तिकै श्रद्धाका साथ मनाउने गर्छन् । यो भनेको हाम्रोजस्तो बहुधार्मिक मुलुकमा परस्परा धार्मिक घुलनशीलता र सहिष्णुताको विशिष्ट उदाहरण हो । यसबाट कुनै पनि धर्मले अन्य धर्मप्रति सदाचार, सद्भाव र समभाव कायम राख्ने पवित्र सन्देश प्रवाह गरेको हुन्छ ।

“यो हामी सबैका लागि अत्यन्तै मननीय छ । बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) पर्व गौतम बुद्धका आदर्शहरु तथा धर्मको मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्दछ । यो पर्व सबैलाई शान्तिको सन्देश पनि दिन्छ । यस पर्वका अवसरमा बौद्ध धर्मका अनुयायीहरुले भगवान् बुद्धका पवित्र तथा धार्मिकस्थलमा गई मौलिक परम्पराअनुसार पूजापाठ गर्नु, बोधीवृक्षमा पूजा गर्नु, दियो बाल्नु, दूध र इत्र मिश्रित पवित्र जल चढाउनु, सरसौँको तेल हालेको दियो पीपलको बोट मुनि बाल्नेजस्ता अनुष्ठान यो धर्मको अर्को मौलिक संस्कृति र पहिचान हो”, शुभकामना सन्देशमा भनिएको छ । रासस




भर्खरै