काठमाडौं । संघीय सांसद सान्ता चौधरीले नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड माघी रहेको बताउनुभएको छ । माघीलाई विभिन्न समुदायले विभिन्न नाममा मनाउने गरेको पनि बताउनुभएको छ ।
त्यस्तै उहाँले ''हामी थारुका लागि माघी अति महत्त्वको चाड हो ।'' पनि भन्नुभएको छ । आज माघ १ गते माघी पर्वको अवसरमा सम्पुर्ण नेपालीहरुमा माघीको शुभकामना दिँदै यस्तो बताउनुभएको हो । उहाँले सामाजितक सञ्जालमा यस्तो लेख्नुभएको छ ।
''आज माघी । नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड यही होला । विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छ । हामी थारुका लागि माघी अति महत्त्वको चाड हो ।
माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ । कुनै जमाना मेरो लागि पीडाको पर्व थियोे अहिले खुसीको पर्व भएको छ । माघीमा म किन किन त्यसै भावुक बन्छु । माघीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामना अर्पण गर्दछु ।''











