६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, के छन् भ्रमणका एजेण्डा ?

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, के छन् भ्रमणका एजेण्डा ?
अ+ अ-

लामो समयको विवाद र रस्साकस्सीपछि नेपाल र भारतबीचको उच्चस्तरीय कूटनीतिक भ्रमणको ढोका खुलेको छ । तर यो ढोका भ्रमणका लागि मात्र खुलेको नभएर कूटनीतिक सम्बन्धका लागि पनि हो कि होइन ? यो प्रश्नको जवाफ भने ज्ञवालीको भारण भ्रमणपछि नै स्पष्ट हुनेछ । 

तर आजका लागि एउटा सकारात्मक सन्देश चाहिँ के हो भने यो भ्रमण नै एक आवश्यक र महत्वपूर्ण भ्रमण हो । किनभने नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धको ढोका बन्द भएकोले धेरै विषयवस्तुहरुले अन्योल र असमझदारीको स्वस्प लिँदै थिए । कतिले यो सरकार भारतको उपेक्षामा परेको भनेका थिए भने केहीको अनुमानमा नेपालमा चिनियाँ पक्ष सक्रिय हुँदा भारतीयहरुको तारोमा यो सरकार परेको पनि भनिरहेका थिए । 

जे होस, यस्तै यस्तै अवस्था र अनुमानकैबीचमा नेपालका परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो भ्रमणलाई एउटा महत्वपूर्ण कूटनीतिक सम्बन्धको विकास क्रमका रुपमा दिन सकिन्छ । भित्र प्रवेश गर्न पनि पहिला त ढोका नै खोल्नुपर्ने भएकोले यसले भित्र प्रवेश गरीसकेपछि हुने प्रगतिका लागि पनि मार्ग प्रसस्त गर्न सक्ला भन्ने अपेक्षा गरौँ ।     

यो नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि हुन लागेको भ्रमण हो, जुन विगतदेखि रोकिएको थियो । नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्साले अहिले पनि यहाँ चर्चा पाइ नै रहेको छ । यो नेपालको इतिहासमा नै नेपालको संसदले गरेको एक महत्वपूर्ण काम र कदम पनि थियो जसलाई वर्तमान सरकारले नै प्रस्ताव गरेको हो । नेपालका यी भूभागमा रहेको भारतीय दाबाका विरुद्धमा सिंगो देशले दिएको जवाफको थप प्रगति यो बैठकमा हुनुपर्ने देखिन्छ । 

परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा (विषयवस्तु) हरू तयार गरिएको हो । यो भ्रमणमा हुने द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषयहरु छनोट गरिएका छन एजेण्डाका रुपमा । त्यसमा नेपालले जारी गरेको चुच्चे नक्सा प्राथमिकतामा नै राखिएको समाचार स्रोतले बताएको छ । 

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर नक्सा जारी गरे पनि उक्त भूभाग अहिले भारतीय अधीनमै छ । उक्त भूभाग फिर्ता ल्याउनका लागि छलफलको मुख्य विषय चुच्चे नक्सालाई बनाउन लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको बैठकमा मुख्य एजेन्डा नक्सा रहेको दाबी गरेका छन् । उनले गत हप्ता राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा पनि दुई मुलुकबीचको बैठकमा नक्साको विषयमा छलफल ै हुने दाबी गरेका थिए ।

‘अबको तीन दिनपछि हाम्रो परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ, उहाँले हामीले हाम्रो भूभागसमेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएकासहित विभिन्न विषयमा छलफल गर्नुहुनेछ,’ उनले भनेका थिए । साथै उनले यो भ्रमणले हाम्रो भारतसँगको सम्बन्धलाई व्यावहारिक रूपमा सफलतापूर्वक अगाडि बढाउनका लागि योगदान गर्ने पनि बताएका थिए ।  

हुनत हाम्रा बीचका अरु पनि कैयौँ एजेण्डा छन् नै । किनभने भौगोलिक रुपमा मात्र नभएर हाम्रो धेरै हिसाबले छिमेकी हो भारत । त्यसैले उसँगका सम्बन्ध, गुनासा र मुद्दा अरुको तुलनामा बढी हुनु नराम्रो होइन । यस्तो अवस्थामा हाम्रो मात्र नभएर सिमाना जोडिएका अ अरु देशहरुमा पनि हुन्छ । तर समय समयमा र कहिले त सरकार फेरिएसँगै हाम्रो सम्बन्धमा देखा पर्ने गरेका दरारहरुले पनि यस विषयलाई थप समस्यामा हुलिदिने गरेको हुन्छ । 

त्यो अवस्थाको फेरबदल त यो भ्रमण र वार्ताले के गर्न सक्ला तर सम्बन्ध सहजै छ भनेर बाहिरबाट हेर्दा देखिनुपर्ने अवस्था पनि हाम्रा लागि यतिखेर महत्वपूर्ण नै हुन आउँछ । यो सरकार बनेको दुई वर्ष पुगिसक्दासम्म पनि द्धिपक्षीय भेटवार्ता वास्तवमा ठप्पा जस्तै थियो । र एकजना गुप्तचर अधिकारी नेपाल आउँदा पनि भ्रमण खुल्यो भनेर हामीले समाचार बनाउनुपर्ने अवस्थामा हामी पुगेका थियौँ । 

त्यसैले अहिलेका लागि अरु धेरै मुद्दाहरु रहँदा रहँदै पनि यही भ्रमणको ढोकाबाट भित्र प्रवेश गर्न सकिनेगरी हामीले लाभका रुपमा लिन सक्नुपर्ने अवस्था देखिँदैछ । त्यसमा पनि अझ ज्ञवालीको भ्रमणपछि प्रधानमन्त्री ओलीकै विदेश भ्रमणको कुरा आइरहेकाले त्यसलाई पनि अवसर बनाउने हिसाबमा आजको आसन्न भ्रमण हुन सकोस् भन्ने कामना मात्र गर्न सकिन्छ ।