२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । संसारमा यस्तो अनौठो कीर्तिमान बनेको छ, जसको भिडियो बाहिर आएपछि मानिसहरूले सोच्न थाले कि यस्तो कामका लागि पनि रेकर्ड बन्छ । घानाका एक २९ वर्षीय विद्यार्थीले अचम्मको रेकर्ड राखे ।

घानाका २९ वर्षीय विद्यार्थी अबुबकर ताहिरुले एक घण्टामा यति धेरै रुखलाई अँगालो हालेर विश्व कीर्तिमान बनाएका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले पनि ताहिरुको उपलब्धिको भिडियो साझा गरेको छ, जुन द्रुत रूपमा भाइरल भइरहेको छ, ताहिरुले एक घण्टामा १ हजार १२३ भन्दा बढी रूखहरूलाई अँगालो हालेर नयाँ कीर्तिमान बनाएका छन् ।

गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक इन्स्टाग्राम ह्यान्डलले उल्लेखनीय उपलब्धिको भिडियो साझा गरेको छ । यसमा अबुबकर ताहिरु घना जङ्गलबाट दौडिरहेको र विभिन्न सङ्ख्याका रूखहरूलाई द्रुत रुपमा अँगालो हालेको देखाउँछ । भिडियोलाई अहिलेसम्म लाखौंले हेरिसकेका छन् ।

गिनिज वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटका अनुसार घानाका २९ वर्षीय पर्यावरण कार्यकर्ता र वन विज्ञानका विद्यार्थी अबुबकर ताहिरुले एक मिनेटमा १९ वटा रुखलाई अँगालो हालेका थिए ।