१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्नु हुने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले बंगलामुखी माई, हिरण्यवर्ण महाबिहार र कृष्ण मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । आज अपराह्न ४ बजे बंगलामुखी माईको पूजा अर्चनासँगै उहाँको धार्मिक यात्रा सुरु हुने छ । त्यसलगत्तै साढे ४ बजे हिरण्यवर्ण महाविहारमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।

पूर्वराजा शाह साँझ सवा ५ बजे कृष्ण मन्दिरमा पुग्नुहुने छ । उहाँले कृष्ण मन्दिरमा पूजा आराधना गरेपछि समय रहेमा कुमारीको समेत दर्शन गर्ने कार्यक्रम छ ।