२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता: प्रदेश प्रमुख शेरचन



अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताउनुभएको छ । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ग)को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताउनुभयो ।

राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भन्नुभयो, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।”

नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उहाँले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गर्नुभयो । आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा राज्यले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले असमानता र विभेदका विरुद्ध धेरै आन्दोलन भएको बताउनुभयो ।

प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले तीन गाउँले थकाली समुदायको थातथलो रहेको मुस्ताङको विकासका लागि आफूले उच्च महत्वका साथ पहल गर्दै आएको जानकारी दिनुभयो । संविधानसभा सदस्य श्रीमाया थकाली, गण्डकी प्रदेशसभाको विधायन समितिका सभापति मोहन रेग्मी, प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गणेशलाल थकाली, गण्डकी प्रदेश अध्यक्ष खेम पुन, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तीन गाउँले थकाली सेवा समाजका पूर्वअध्यक्ष वसन्त थकाली, नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखे, सञ्जोग भर्ती थकाली र संस्कृतिकर्मी श्यामप्रसाद भर्ती थकालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।