२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिले चार एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत एसएसपी कृष्णहरि शर्मा, कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी दानबहादुर कार्की, प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी मनोज कुमार केसी र राजन अधिकारी छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।