२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदराबादमा बिहीबार साँझदेखि रातिसम्म पानी परेको थियो ।

यस्तो अवस्थामा अम्पायरहरूले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका हुन् । दुवै टोलीलाई एक–एक अंक दिइएको छ ।

योसँगै हैदराबाद टोली चालू सिजनको प्लेअफमा पुगेको छ । हैदराबाद प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । अब टोलीले १९ मेको अन्तिम खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पुर्‍याउन सक्छ ।

अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ ।

पछिल्लो पटक टोली प्लेअफको दौडबाट बाहिरिएको थियो भने राजस्थानले प्लेअफको टिकट पाएको थियो ।