५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

देउवा, आरजु र जयवीरमाथि छानविन नभएसम्म अब समिति बन्दैन: रास्वपा

देउवा, आरजु र जयवीरमाथि छानविन नभएसम्म अब समिति बन्दैन: रास्वपा
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी प्रकरणमा संसदीय छानविन समिति नबन्ने बताएका छन् ।

रास्वपाका सह प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँको परिवारमाथि छानविन नभएसम्म सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबन्ने बताउनु भयो ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्नसक्छु मेरो सभापतिको सबै छानविन गर । म तयार छु, हामी सबै राजनीति छोड्न तयार छौं । उहाँको केही घोट निस्कियो भने उहाँ एक्लैले राजनीति छोड्छु भनेर जानुभएको छ, हामी सबै राजनीति छोड्छौं । के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? कि मेरो सभापतिको सबै छानविन गर । उसको छोरोको पनि छानविन गर, श्रीमतीको पनि गर । त्यो हिम्मत राख्नसक्छ ? सक्छ भने हामी च्यालेन्ज गर्छौं,’– उनले भने, ‘अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईको सभापतिको पनि फाइल खोल्नुस् ।’

उहाँले कांग्रेसका सांसदहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाउनु भयो । कांग्रेसले संसद्मा अभद्रता प्रदर्शन गरेको भन्दै उहाँले भन्नुभयो ‘हात हालाहाल गर्ने रु त्यो पनि आफ्नो बुबाको उमेरको मान्छेलाई ? त्यो त मिल्दैन नि । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२र०६३ को सहयात्री पनि त हुन् । नेपालको सबैभन्दा ठूला राजनीतिक दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन।’

‘समिति मान्छौं तर हामीलाई जहाँ आरोप लगाउनु भएको छ त्यही जवाफ दिन दिनुस् । एक दुई वटा सहकारीमात्रै किन सबै सबै सहकारीको अनुसन्धान हुने गरी समिति बनाऔं’ भन्दा कांग्रेस सहमत नभएको झाको भनाइ छ ।

https://www.facebook.com/newspolar/videos/446952304383408