२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, आरजु र जयवीरमाथि छानविन नभएसम्म अब समिति बन्दैन: रास्वपा



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी प्रकरणमा संसदीय छानविन समिति नबन्ने बताएका छन् ।

रास्वपाका सह प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँको परिवारमाथि छानविन नभएसम्म सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबन्ने बताउनु भयो ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो ‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्नसक्छु मेरो सभापतिको सबै छानविन गर । म तयार छु, हामी सबै राजनीति छोड्न तयार छौं । उहाँको केही घोट निस्कियो भने उहाँ एक्लैले राजनीति छोड्छु भनेर जानुभएको छ, हामी सबै राजनीति छोड्छौं । के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? कि मेरो सभापतिको सबै छानविन गर । उसको छोरोको पनि छानविन गर, श्रीमतीको पनि गर । त्यो हिम्मत राख्नसक्छ ? सक्छ भने हामी च्यालेन्ज गर्छौं,’– उनले भने, ‘अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईको सभापतिको पनि फाइल खोल्नुस् ।’

उहाँले कांग्रेसका सांसदहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाउनु भयो । कांग्रेसले संसद्मा अभद्रता प्रदर्शन गरेको भन्दै उहाँले भन्नुभयो ‘हात हालाहाल गर्ने रु त्यो पनि आफ्नो बुबाको उमेरको मान्छेलाई ? त्यो त मिल्दैन नि । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२र०६३ को सहयात्री पनि त हुन् । नेपालको सबैभन्दा ठूला राजनीतिक दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन।’

‘समिति मान्छौं तर हामीलाई जहाँ आरोप लगाउनु भएको छ त्यही जवाफ दिन दिनुस् । एक दुई वटा सहकारीमात्रै किन सबै सबै सहकारीको अनुसन्धान हुने गरी समिति बनाऔं’ भन्दा कांग्रेस सहमत नभएको झाको भनाइ छ ।