२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्धन्दकालका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता देखाएन



अ+ अ-

काठमाडौ । सशस्त्र द्धन्दकालका गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिलाउन सरकारले जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरिएको छ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितिसक्दा पनि पीडितलाई सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चित गर्नमा सरकार र राजनीतिक दलहरुले आलटाल गरेको भन्दै काठमाडौँमा खबरदारी कार्यक्रम राखिएको हो ।

अधिकारीको वि.सं. २०५८ साल माघ ३ गते हत्या गरिएको थियो । सशस्त्र द्धन्दकालमा गम्भीर मानवअधिकार उल्लंघनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनि सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गरिएको भएपनि आयोगले न्याय दिन नसकेको पीडितको गुनासो रहदै आएको छ । मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुग्दा पनि न्याय पाउन नसकेको बताउनुहुन्छ ।

राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उहाँको भनाई छ ।द्धन्दपीडितहरु न्यायका लागि वर्षौदेखि भौतारिइरहेका छन् । न्याय दिलाउन भनि गठन भएका दुई आयोगहरु पीडितलाई न्याय दिलाउन भन्दापनि पिडकलाई चोख्याउन दलिय स्वार्थमा काम गरिरहेको द्धन्दपीडितको आरोप छ ।