२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बलियो बन्नुपर्छः सभामुख विष्ट



अ+ अ-

विराटनगर: कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ ।

कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य सावित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भन्नुभयो ।

उहाँले पत्रकारसँग सुझाव र सल्लाह लिन यो भेटघाटको कार्यक्रम राखेको जनाउँदै आगामी केही दिनमै विषयगत समितिले पूर्णता पाउने र यसका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

संसद्सँग आबद्ध संसदीय पत्रकार मञ्चले आवश्यक योजनासहितका कार्यक्रम ल्याउन आग्रह गर्दै यस वर्ष सरकारबाट प्राप्त भएको रु आठ लाख के–कसरी खर्च गर्ने त्यसको विवरणसहितको योजना पेस गर्न आग्रह गर्नुभयो ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको कोशी प्रदेशमा सरकार बन्ने र परिवर्तन कार्य बढी भएको भन्दै सभामुख विष्टले विषयगत समितिका सभापति सबै दलको सहमति र सहकार्यबाट टुङ्गो लगाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले जनताका आवश्यकता र चाहना सम्बोधन हुने प्रदेशसभालाई अझ प्रभावकारी बनाउन दलहरुसँग पनि गृहकार्य गर्ने बताउनुभयो ।

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभालाई क्रियाशील र खुलापन बनाउन बनाउन सञ्चारकर्मीको सुझाव र सल्लाह महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

सो अवसरका नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सभापति लीलाबल्लभ घिमिरे, पूर्वअध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतम, रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुल, संसदीय पत्रकार मञ्चका संयोजक कुमार लुइँटेल, पत्रकार अर्जुन आचार्य, सुमन सुस्केरालगायतले सुझाव दिनुभएको थियो ।रासस