६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भारत पहिलो इनिङमा ३३६ रनमा आउट, अस्ट्रेलियालाई ५४ रनको अग्रता

भारत पहिलो इनिङमा ३३६ रनमा आउट, अस्ट्रेलियालाई ५४ रनको अग्रता
अ+ अ-

ब्रिसबेनः अस्ट्रेलियाको ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि शुरु भएको चौथो तथा अन्तिम टेस्ट क्रिकेट खेल रोमाञ्चक मोडमा आइपुगेको छ ।

भारतले पहिलो इनिङमा ३३६ रन बनाएर अलआउट भएको छ । भारतका लागि वासिङटन सुन्दरले ६२ तथा शार्दुल ठाकुरले ६७ रनको महत्वपूर्ण पाली खेलेका कारण भारत सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।

यस्तै भारतका लागि रोहित शर्माले ४४, चेतेश्वर पुजाराले २५, कप्तान अजिन्क्य रहाणेले ३७, रिषभ पन्तले २३ रन बनाएका थिए ।

नियमित अन्तरालमा विकेट गुमाएको भारतलाई सस्तोमै समेट्ने क्रममा अस्ट्रेलियाली बलरहरु जस हेजलवुडले ५, मिचेल स्टार्क र प्याट कमिन्सले २–२ र नाथन लायनले १ विकेट लिएका थिए ।

यसअघि शुक्रबार टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो।

दोस्रो इनिङ शुरु गरिसकेको अस्ट्रेलियाले तेस्रो दिनको खेल समाप्त हुँदा विनाक्षति २१ रन बनाएको छ । क्रिजमा डेभिड वार्नर २० र मार्कस ह्यारिस १ रन बनाएर खेल्दैछन् ।

पहिलो इनिङमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर (१) र मार्कस ह्यारिस (५) सस्तैमा आउट भएका थिए ।

Australia-India Cricket