२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भुरेटाकुरे राज्य जस्तो भयो, एकिकरण नै भएन- प्रधानमन्त्री ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताउनुभएको हो ।

आफुले संविधान सम्मत तथा कानुनसम्मत काम गरेकोले जवाफदेहिता लिने उहाँको भनाई छ । आफुले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादा माथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताउनुभयो ।

निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उहाँको भनाई छ । उहाँले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकिकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो । विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उहाँको भनाई छ ।