७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “तपाईंहरु लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।”

नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनियाँ पुँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताउनुभयो ।

“लगानी गर्ने मनसायले नेपाल आउनुभएको छ, सरकारका तर्फबाट धन्यवादसहित म हार्दिक स्वागत गर्छु, प्रस्ताव ल्याउनुस् छलफल गर्छौँ, अनुकुल वातावरण मिलाउँछौं, ढुक्कले लगानी गर्नुस्, प्रतिफल तपाईंहरुले राम्रै पाउनुहुन्छ ।”

नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु लगानी गर्ने मनसायले आउनुभएको छ, यसले हामीलाई पनि उत्साहित बनाएको छ, लगानी भित्रिएपछि झन उत्साहित बनाउँछ, चाँडै लगानीको पर्खाइमा हामी छौँ ।”

सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीच सदियौँदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दैै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसँग खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ, लगानीको सम्भावना सुनिश्चित छ ।” चिनियाँ टोलीमा चीनका कृषि, ऊर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनीलगायतका उद्योगी तथा व्यवसायी सहभागी थिए । रासस