२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक गठबन्धनमा बाधिँदै मुख्यमन्त्री राई, यस्ती छिन् उनकी हुनेवाली बेहुली (हेर्नुहोस् तस्बिरहरु)



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा यही माघ ११ गते वैवाहिक गठबन्धनमा बाधिने भएका छन् । ५० वर्षीय मुख्यमन्त्री राईले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । मुख्यमन्त्री राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पनि छन् भने उता ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मु सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् ।

ज्याङ्मु मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन भने ज्याङ्मु संखुवासभाकी हुन् ।