५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेम्स एन्डरसनले गरे सन्यासको घोषणा, वेस्ट इन्डिजविरुद्ध लर्ड्समा अन्तिम टेस्ट खेल्ने



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका फास्ट बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटबाट सन्यास लिने भएका छन् । जेम्स एन्डरसनले शनिबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

एन्डरसनले आफ्नो अन्तिम टेस्ट खेल वेस्ट इन्डिजविरुद्ध जुलाई १० मा लर्ड्समा खेल्नेछन् । उनी जुलाईमा ४२ वर्षका हुनेछन् ।

इंग्ल्याण्डका टेस्ट प्रशिक्षक ब्रेन्डन म्याकुलमसँगको कुराकानीपछि एन्डरसनले सन्यासको निर्णय लिएका हुन् । म्याकुलम हालै एन्डरसनलाई भेट्न न्युजिल्यान्डबाट इंग्ल्याण्ड पुगेका थिए ।

यस क्रममा उनले एन्डरसनलाई भने कि उनी अब भविष्यतर्फ हेरिरहेका छन् र २०२५–२६ एसेजका लागि टोली तयार गर्न चाहन्छन् । यस अवधिमा दुवैले गल्फ पनि खेलेका थिए ।

अहिले एन्डरसन काउन्टी क्रिकेट नखेली ब्रेकमा छन् । कामको बोझ व्यवस्थापनका कारण मे महिनाको
अन्त्यसम्म मात्र काउन्टी खेल खेल्न सक्ने उनले बताए ।

एन्डरसन टेस्टमा सर्वाधिक विकेट लिने तेस्रो बलर
एन्डरसनले यस वर्षको सुरुमा भारत भ्रमणमा आफ्नो ७०० टेस्ट विकेट पूरा गरेका थिए । एन्डरसनले २००३ मा लर्ड्समा जिम्बाब्वेविरुद्ध टेस्ट डेब्यू गरेका थिए । त्यसयता उनले १८७ टेस्ट खेलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका छन् ।

यस अवधिमा उनले ३४८ इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ३२ पटक ५ विकेट र ३ पटक दश विकेट लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिनेमा एन्डरसन श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अष्ट्रेलियाका शेन वार्न (७०८) पछि उनी तेस्रो स्थानमा छन् ।

सन् २००२ मा सुरु भएको आफ्नो करियरमा एन्डरसनले इंग्ल्याण्डका लागि १९४ एकदिवसीय र १९ टी–२० खेलेका छन् । उनले एकदिवसीयमा २६९ विकेट र टी–२० मा १८ विकेट लिएका छन् । उनले सन् २०१५ मा अन्तिम एकदिवसीय र २००९ मा अन्तिम टी–२० खेलेका थिए ।