९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

जेम्स एन्डरसनले गरे सन्यासको घोषणा, वेस्ट इन्डिजविरुद्ध लर्ड्समा अन्तिम टेस्ट खेल्ने

जेम्स एन्डरसनले गरे सन्यासको घोषणा, वेस्ट इन्डिजविरुद्ध लर्ड्समा अन्तिम टेस्ट खेल्ने
अ अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका फास्ट बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटबाट सन्यास लिने भएका छन् । जेम्स एन्डरसनले शनिबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

एन्डरसनले आफ्नो अन्तिम टेस्ट खेल वेस्ट इन्डिजविरुद्ध जुलाई १० मा लर्ड्समा खेल्नेछन् । उनी जुलाईमा ४२ वर्षका हुनेछन् ।

इंग्ल्याण्डका टेस्ट प्रशिक्षक ब्रेन्डन म्याकुलमसँगको कुराकानीपछि एन्डरसनले सन्यासको निर्णय लिएका हुन् । म्याकुलम हालै एन्डरसनलाई भेट्न न्युजिल्यान्डबाट इंग्ल्याण्ड पुगेका थिए ।

यस क्रममा उनले एन्डरसनलाई भने कि उनी अब भविष्यतर्फ हेरिरहेका छन् र २०२५–२६ एसेजका लागि टोली तयार गर्न चाहन्छन् । यस अवधिमा दुवैले गल्फ पनि खेलेका थिए ।

अहिले एन्डरसन काउन्टी क्रिकेट नखेली ब्रेकमा छन् । कामको बोझ व्यवस्थापनका कारण मे महिनाको
अन्त्यसम्म मात्र काउन्टी खेल खेल्न सक्ने उनले बताए ।

एन्डरसन टेस्टमा सर्वाधिक विकेट लिने तेस्रो बलर
एन्डरसनले यस वर्षको सुरुमा भारत भ्रमणमा आफ्नो ७०० टेस्ट विकेट पूरा गरेका थिए । एन्डरसनले २००३ मा लर्ड्समा जिम्बाब्वेविरुद्ध टेस्ट डेब्यू गरेका थिए । त्यसयता उनले १८७ टेस्ट खेलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका छन् ।

यस अवधिमा उनले ३४८ इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ३२ पटक ५ विकेट र ३ पटक दश विकेट लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिनेमा एन्डरसन श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अष्ट्रेलियाका शेन वार्न (७०८) पछि उनी तेस्रो स्थानमा छन् ।

सन् २००२ मा सुरु भएको आफ्नो करियरमा एन्डरसनले इंग्ल्याण्डका लागि १९४ एकदिवसीय र १९ टी–२० खेलेका छन् । उनले एकदिवसीयमा २६९ विकेट र टी–२० मा १८ विकेट लिएका छन् । उनले सन् २०१५ मा अन्तिम एकदिवसीय र २००९ मा अन्तिम टी–२० खेलेका थिए ।