९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

के रोहित शर्मा अर्को सिजन कोलकाताको हिस्सा हुनेछन् ?

के रोहित शर्मा अर्को सिजन कोलकाताको हिस्सा हुनेछन् ?
अ अ+ अ-

एजेन्सी । शनिबार कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्यो । यो जितपछि श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।

यसैबीच, मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेलपछि रोहित शर्माको तस्बिर भाइरल भइरहेको छ ।

वास्तवमा रोहित शर्मा कोलकाता नाइट राइडर्सका प्रशिक्षक र खेलाडीसँग बसेको देखियो । यस क्रममा लामो कुराकानी भयो । यसपछि सामाजिक सञ्जालमा लगातार विभिन्न किसिमका अड्कलबाजी भइरहेको छ ।

सामाजिक सञ्जालमा फ्यानहरूले रोहित शर्मा आईपीएल २०२५ मा कोलकाता नाइट राइडर्सको हिस्सा हुने बताएका छन् ।

यो सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई कप्तान बनाएको थियो । त्यसपछि रोहित शर्मा खुसी नभएको समाचारमा दाबी गरिएको थियो । तर, अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्विरका आधारमा रोहित शर्मा अर्को सिजन कोलकाता नाइट राइडर्सको हिस्सा बन्न सक्ने बताइएको छ ।

यसै क्रममा कोलकाता नाइट राइडर्सको स्पोर्ट्स स्टाफमा रहेका पूर्व पाकिस्तानी लेजेन्ड क्रिकेटर वसीम अकरमको बयान पनि आएको छ । वासिम अक्रमले रोहित शर्मा अर्को सिजन मुम्बई इन्डियन्सको हिस्सा नहुने बताएका छन् ।

‘म यो ब्याट्सम्यानलाई कोलकाता नाइट राइडर्समा हेर्न चाहन्छु । रोहित शर्मालाई ओपनरको रूपमा, गौतम गम्भीरलाई मेन्टरको रूपमा र श्रेयस अय्यरलाई कप्तानको रूपमा हेर्न पाउनु ठूलो अनुभूति हुनेछ । यसबाहेक रोहित शर्मालाई इडेन गार्डेनको पिच मन पर्नेछ । ’ उनले भने ।